Categories शिक्षा समाचार

विदेशमा पढेका डाक्टरले पनि नेपालमै इन्टर्नसिप गर्न पाउने

Advertisement

काठमाडौं । चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा अध्ययन गरेका विद्यार्थीले नेपालमा नै इन्टर्नसिप गर्न पाउने भएका छन् ।

सरकारले चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा अध्ययन गरेका विद्यार्थीको हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास वा इन्टर्नसिप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिएको हो ।

Advertisement

सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनलगायतका देशमा भर्ना भएका विद्यार्थीलाई स्वदेशमै अध्ययन गर्न मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक स्वीकृति दिएको जानकारी दिए ।

Advertisement

यो खबर आजको राजधानी दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *