Categories शिक्षा समाचार

अतिरिक्त शुल्क नबुझाउँदा कुनै मेडिकल कलेजले गेटमै रोके, कसैले गार्ड लगाएर बाहिर निकाले

Advertisement

काठमाडौं । निजी मेडिकल कलेजले अतिरिक्त शुल्क नतिरेका विद्यार्थीलाई कलेज प्रवेशमै रोक लगाउन थालेका छन्।

विराटनगरस्थित नोबेल मेडिकल कलेज र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले गेटमै रोक लगाएको पीडित बताउँछन्।

Advertisement

यी कलेजले ४० लाखसम्म अतिरिक्त शुल्क मागेका छन्। जसमध्ये ४ लाख रुपैयाँभन्दा बढी बुझाइसकेको विद्यार्थीको भनाइ छ।

Advertisement

चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयले तोकिएभन्दा बढी शुल्क नलिन निर्देशन दिए पनि कलेज सञ्चालकले त्यसको पालना गरेका छैनन्। नोबेल मेडिकलका प्रिन्सिपल प्रा.डा.रामहरि घिमिरेले अतिरिक्त शुल्क लिएको स्वीकार गरे।

‘शुल्क तिरेकाहरूले पढिरहेका छन्’, प्रिन्सिपल प्रा.डा. घिमिरेले भने, ‘नतिरेकाहरू आएका छैनन्।’

नोबेल मेडिकल कलेज, मणिपाल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजमा चिकित्साशास्त्रअन्तर्गत एमबीबीएसको कक्षा सुरु भइसकेको छ। तर, यीमध्ये मणिपालले प्रवेश दिए पनि अतिरिक्त शुल्कको तनाव दिन थालेको विद्यार्थी बताउँछन्। नोबेलले अतिरिक्त शुल्क नतिर्नेलाई सुरक्षा गार्ड लगाएर बाहिर निकालेको जनाइएको छ।

‘हामीलाई कलेजभित्र छिर्न दिएका छैनन्’, एक विद्यार्थीले अन्नपूर्ण पोस्ट्सित भने, ‘अतिरिक्त शुल्क नतिरे नआउनू भनेको छ। के गर्नु विश्वविद्यालयलाई पैसा बुझाइसक्यौं।’ केहीले ४० प्रतिशतसम्म शुल्क तिरेको ती विद्यार्थीले सुनाए।

यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *