Rato Pana
राजनीति

बारा कांग्रेसको सभापतिमा तीन जना मैदानमा, निजगढका बुढाथोकी अग्रमोर्चामा

Advertise:
Advertise:

बारा । नेपाली कांग्रेसकाे जिल्ला अधिवेशनको रौनकले बारामा चुनावी सरगर्मी निकै बढेको छ ।

जिल्ला सभापतिको नेतृत्व लिन हाल सम्म ३ जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् । शम्भबहादुर, बुढाथोकी, रामानन्द यादव र राजेश राय यादवले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

सभापतिमा दावेदार शम्भबहादुरु बुढाथोकीलाई पार्टी सभापति शेरबहादुर देउवा, सहमहामन्त्री फरमुल्लाह मन्सुर, प्रदेश २ का उप सभापति चन्द्रशेखर यादव र जिल्ला सभापति जयचन्द्र चौरसियाको बलियो साथ छ ।

अर्का उम्मेदवार रामानन्द यादवलाई शेखर कोइराला र राजेश राय यादवलाई पूर्व केन्द्रिय सदस्य राधेचन्द्र यादवले साथ दिएका छन् ।
जिल्ला अधिवेशनको मिति नजिकिदै गर्दा उम्मेदवारहरुको दौडधुप बढेको छ । उनीहरुले जित्ने आ आफ्नै दाबी पेस गरेका छन् ।

उम्मेदवार मध्येका एक शम्भबहादुर बुढाथोकीले बारामा कांगे्रस बढाएको, स्थानीय एवं संघिय सांसदको निर्वाचनमा पार्टीलाई विजयी गराउन अहम भुमिका निर्वाह गरेको दृष्टान्तत पेश गरेका छन् । पार्टी जिल्ला संगठन विभाग प्रमुख समेत रहेका बुढाथोकीले २०७० सालको संसदीय निर्वाचनमा एमाले नेता पुरुषोत्तम पौडेलसंग पराजित भएता पनि सानदारमत प्राप्त गरेका थिए । एमालेको लालकिल्लाको रुपमा स्थापीत निजगढमा उनको उदय पछि कांग्रसको दवदवा बढ्दै आएको स्थानीय बताउँछन् ।

अन्य पार्टीसंग प्रतिस्पर्धा गर्न सक्ने एवं पार्टीलाई मजबुत बनाउनका लागि आफुले नेतृत्व लिन चाहेको बुढाथोकीले बताए । आगामी स्थानीय, प्रदेश एवं संघिय निर्वाचनमा बाराको सबै क्षेत्रमा पार्टीलाई विजयी बनाउन निर्भिक, निडर र निस्वार्थ रुपमा आफु अघिबढेको उनले बताए । अहिले नेपाली कांग्रेस बारालाई एकताबद्ध गर्न सक्षम नेतृत्वको आवश्यक्ता रहेको र त्यसका लागि आफु नै उपयुक्त रहेको बुढाथोकीको भनाई छ । जिल्ला संगठन विभाग प्रमुख भएकाले पनि अध्यक्षमा दाबी स्वभाविक हुने उहाँको भनाई छ ।

ब्यापारी पृष्ठभुमीका बुढाथोकीको सामाजिक योगदानले समेत अन्य पार्टीका सदस्यहरु समेतले उनलाई मन पराउने गरेका छन् । उनलाई जिल्ला सभापतिमा जिताउनका लागि बारा क्षेत्र नं. १ का सभापति तथा सिम्रौनगढका नगरपालीकाका प्रमुख विजयशंकर यादव, क्षेत्र नं.३ का सभापति प्रभात चौरसिया, प्रदेशसभा ४ क का सभापति सुमन भट्टराई, प्रदेश ४ ख का सभापति लोकश सिंह, मनीभुसन यादव तथा लालबाबु यादव सहित जिल्लाका प्रभावशाली नेता कार्यकर्ताहरुको साथ रहेको बताईन्छ ।

बारा सहित बाँकी रहेका १६ जिल्लाको अधिवेशन यही पुष २७ गतेलाई तोकेता पनि केन्द्रिय निर्वाचन समीतिले विज्ञप्ती जारीगर्दै माघ १५ गतेलाई सारेको हो ।

Advertise: Advertise: Advertise: Advertise:

Related posts

Leave a Comment