पर्सा । वीरगंज महानगरले हिजो मात्र विद्यालय बन्द नगर्नु भनी दिएको आदेश आज उल्ट्याएको छ ।
आज एक सूचना जारी गर्दै अर्को सूचना नआउन्जेल विद्यालयमा १२ वर्ष उमेर समूहका विद्यार्थीको भौतिक पठनपाठन नगर्न निर्देशन जारी गरेको छ ।
साथै माघ ७ सम्ममा विद्यालय तहका परीक्षाहरू सक्न पनि निर्देशन दिएको छ ।
यसैबिच वीरगंजस्थित देशकै पूरानो त्रिजुद्ध माविका २ जना शिक्षकमा कोरोना पोजिटिभ देखिएको छ ।
