Categories समाचार स्वास्थ्य

सार्वजनिक स्थलमा खोप कार्ड अनिवार्य, सिट क्षमताभन्दा बढी यात्रु राख्‍न नपाउने

Advertisement

काठमाडौं : ललितपुर जिल्ला प्रशासनले सार्वजनिक स्थानमा खोप कार्ड देखाएर मात्रै प्रवेशको व्यवस्था मिलाउन निर्देशन दिएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले सूचना जारी गर्दै सार्वजनिक स्थानमा खोप कार्ड देखाएरमात्रै प्रवेश दिने व्यवस्था मिलाउन सम्वद्ध निकायलाई निर्देशन दिएका हुन् ।

Advertisement

यस्तै सार्वजनिक सवारी साधनहरु स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने र सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउनुपर्नेछ। सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने, मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने, चालक र सहचालकले अनिवार्य मास्क र भाइजर र पन्जा लगाउने र अनिवार्य रुपमा सवारी साधन दैनिक स्यानिटाइज गर्न भनेको छ।

Advertisement

सूचनामा सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि स्थानमा प्रवेश गर्दा यही माघ ७ गतेदेखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भएपनि हुने, साथमा राख्ने र सबै निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेशको अनुमतिको व्यवस्था गर्न भनिएको छ।

Advertisement

यस्तै, कोभिड–१९ को लक्षण देखिएका तथा संक्रमितको सम्पर्कमा परेका व्यक्तिहरुले नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको एन्टिजेन तथा पीसीआर परीक्षणका लागि सम्बन्धित स्थानीय तह, र स्वास्थ्य कार्यालयसँग सम्पर्क गरी परीक्षण गराउन, भीडभाडबाट बच्न तथा बचाउन सतर्क रही स्वास्थ्य मापदण्डको प्रभावकारी पालना गर्ने गराउने निर्देशन दिइएको छ।

सूचनामा सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको बढी चाप हुने कार्यालयहरु जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, यातायात व्यवस्था कार्यालय, आन्तरिक राजस्व कार्यालय, बैंक तथा वित्तिय संस्था आदिमा भीडभाड नहुने उपयुक्त तरिकासम्बन्धित कार्यालय प्रमुखले अवलम्बन गरी, गराई स्वास्थ्य मापदण्डको पालना हुने गरी सेवा प्रवाहको प्रबन्ध मिलाउनुपर्ने भनिएको छ ।

ललितपुर प्रशासनका अनुसार यो आदेश मंगलबार राती १२ बजेदेखि लागू हुनेछ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *