Categories प्रदेश २ समाचार

वीरगञ्जलाई प्रदेश राजधानी बनाउन मुख्यमन्त्री निवास अगाड़ी युवाहरूको शान्तिपूर्ण धर्ना प्रर्दशन ।

Advertisement

पर्सा । वीरगञ्जलाई प्रदेश २ को राजधानी बनाउन माग गर्दै वीरगञ्ज स्थित मुख्यमन्त्री निवास अगाडि युवाहरू द्वारा शान्तिपूर्ण धर्ना प्रर्दशन गरिएको छ।

‘मुख्यमन्त्री चाहिदैन, वीरगञ्ज बेच्न पाइँदैन’,भन्दै वीरगञ्जमा आइतबार शान्तिपूर्ण प्रर्दशन गरिएको छ। पूर्व निर्धारित कार्यक्रम अनुसार आज मुख्यमन्त्री निवास अगाडि युवाहरूले शान्तिपूर्ण धर्ना प्रर्दशन गरेका हुन।

Advertisement

बारा, रौतहट, सर्लाहीसम्मका प्रतिनिधिको आवाज पनि वीरगञ्ज नै राजधानी हुनु पर्छ भन्नेमा रहेको भन्दै वीरगञ्जलाई राजधानी नबनाइए अझ शसक्त आन्दोलन गर्ने युवा नेता सुजित गिरीले बताए ।

Advertisement

पछिल्लो दिनहरूमा वृहत रैली तथा खबरदारी, सम्बन्धित व्यक्तिलाई ज्ञापनपत्र लगायतका अभियान चलाउदै आएका युवाहरुको समुहले आज तय कार्यक्रम अनुसार शान्तिपूर्ण प्रर्दशन गरेको बताईएको छ ।

वीरगञ्जले प्रदेशको मुख्यमन्त्री पाएको भए पनि उनले अहिले वीरगञ्जलाई भुलेर जनकपुरलाई प्रदेश राजधानी बनाउन लागि परेको भन्दै विभिन्न किसिमका दवाब मुल्क कार्यक्रम संचालन गर्न बाध्य रहेको युवा नेता राजेश मान सिंहले जानकारी गराउनु भयो ।

प्रदेश सभाको समयावधी सकिनै लाग्दा बल्ल प्रदेश सभाले नाम र राजधानी टुंगो लगाउन थालेको हो ।

२०७२ को ६ महिनासम्म चलेको मधेश आन्दोलनका बेला नेताहरुले वीरगञ्जलाई प्रदेश राजधानी बनाउने प्रतिबद्धता जनाएका थिए ।

तर अहिले वीरगञ्जलाई उपेक्षा गर्दै प्रदेश राजधानी नबनाउने षड्यन्त्र गरेपछि यश क्षेत्रका नागरिक असन्तुष्ट बनेका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *