Categories Uncategorized

सरकार द्वारा माघ १५ सम्म फिल्म हल र जिम हलहरु बन्द गर्ने निर्णय

Advertisement

काठमाडौं । पछिल्लो एक सातायता नेपालमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिरहेको छ । कोरोना संक्रमण दिन प्रतिदिन फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै सरकारले माघ १५ गतेसम्म फिल्म हल र जिम हलहरु बन्द गर्ने निर्णय गरेको छ ।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको जानकारी गराएका हुन् ।

Advertisement

त्यसोत, यसअघि नै सरकारले २५ जना भन्दा बढी जम्मा हुन नपाउने, माघ १५ गतेसम्म स्कूलहरु बन्द गर्ने, सार्वजनिक स्थानमा जाँदा कोरोनाविरुद्धको दुवै मात्रा लगाएको खोप कार्ड अनिवार्य गरिसकेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *