Categories अर्थ

पाँच कम्पनीको आईपीओ निष्कासन हुँदै

Advertisement

काठमाडौं । सेयर बजार उकालो लागिरहेकै बेला पाँचवटा कम्पनीको प्राथमिक सेयर (आईपीओ) निष्कासन हुने भएको छ ।

नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको अन्तिम स्वीकृति प्रक्रिया अगाडि बढाएको छ । बोर्डले पाँचवटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिनेगरी अन्तिम प्रक्रिया टुंग्याएपछि साना लगानीकर्ता हौसिएका छन् ।

Advertisement

बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज निलम्बनमा परेपछि धितोपत्र बोर्डले आईपीओ निष्कासनका लागि कुनै पनि प्रक्रिया अगाडि बढाएको थिएन । गत १४ साउन बुद्धभूमि नेपाल हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्न अनुमति दिएपछि बोर्डले हालसम्म कुनै पनि कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छैन ।

Advertisement

प्राथमिक बजारमा सामलिङ पावर कम्पनी लिमिटेडको आईपीओपश्चात् पछिल्लो समय आईपीओ निष्कासन भएको छैन ।

यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *