Categories समाचार समाज

१५ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एक युवक पक्राउ ।

Advertisement


वीरगन्ज : वीरगन्जमा १५ वर्षीया एक बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाइ पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २३ सबैठवाका २० वर्षीय भनु यादव भन्ने मुन्नाप्रसाद यादव रहेका छन्। 

मुन्नाले गाँउकै १५ वर्षिया बालिकालाई डरत्रास देखाइ पटकपटक जबरजस्ति करणी गरेको जाहेरी परेपछि प्रहरीले उनलाइ घरबाटै पक्राउ गरेको हो। प्रहरीका अनुसार पीडित बालिकाका अभिभावकले प्रहरीमा दिएको जोहरीमा मुन्नाले पीडित बालिकालाई डरत्रास देखाएर अनुचित प्रभाव र दबाबमा पारी आफ्नै घरमा लगेर पटकपटक जबरजस्ती करणी गर्दै आएको उल्लेख छ।

Advertisement

जाहेरीको आधारमा मुन्नालाइ पक्राउगरी जबरजस्ती करणी मुद्दामा पर्सा जिल्ला अदालतबाट ६ दिनको  म्याद थपगरी अनुसन्धान भइरहेको पर्साका प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *