Categories समाचार

वीरगञ्जको आदर्शनगरमा सडक मर्मतको काम पुनः सुचारु

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शगर क्षेत्रमा बिग्रिएको सडक मर्मतको काम सुचारु भएको छ ।संघिय शहरी विकास आयोजनाअन्र्तगत आदर्शनगर क्षेत्रको सडक एवम् फुटपाथको निर्माण एवम् मर्मत कार्य सुचारु भएको हो । यसअघि सुरु भएको योजनाको काम पुरा नहुँदै रोकिएको थियो ।

ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले पुनः सडक मर्मतको काम सुचारु गराउन पहल गरेको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए । रमन, श्याम सुन्दर महाविर जेवीले पाएको ठेक्काअन्र्तगतको काम महाविर कन्स्ट्रक्शनले गरीरहेको छ ।

Advertisement

टाउन हलको पछाडीको गेटदेखि एसियन पेन्ट पसलसम्मको क्षेत्र, बब्लु टि स्टल छेउको सडक, कर कार्यालय भन्दा अगाडीको गल्ली, लर्ड्स दियालो होटेलदेखि पश्चिम तिरको सडक लगायतका स्थानमा सडक निर्माण तथा मर्मत कार्य भईरहेको कन्स्ट्रक्शनका ईन्जिनियर प्रविन ठाकुरले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *