Categories समाचार

नव प्रबेशी शाखा अधिकृतहरुलाई कर्मचारी संगठनद्वारा सम्मान

वीरगंज । नेपाल निजामती कर्मचारी संंगठन पर्साले शाखा अधिकृतमा सिफारिस भएका कर्मचारीहरुलाई सम्मान गरेकाे छ । संगठनले जिल्ला समन्व समिति पर्सा नजिक रहेकाे आफ्नै भवनमा बधाई तथा शुभकामना कार्यक्रमकाे आयाेजना गरी पर्साका नवप्रवेशी शाखा अधिकृतहरुलाई सम्मान गरेकाे हाे ।

संगठनले शाखा अधिकृतमा सिफारिस भएका अनामिका राैनियार, संदिप कुमार पटेल, महमद नवाज हुसेन, रेखा कुमारी, राकेश ओझा, मुन्ना साह राैनियार, श्यामबाबु राउत, सुमित कुमार सिंह र गाैरीशंकर कुमार सिंहलाई सम्मान गरेकाे हाे ।

Advertisement

संगठन पर्साका अध्यक्ष अमिति कुमार गिरीकाे अध्यक्षता र नेकपा एमालेका केन्द्रिय सदस्य अरविन्द सिंहकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा निजामती कर्मचारी आधिकारिक ट्रेड युनियन पर्साका अध्यक्ष सुबादार यादव, धाेबिनी गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत राजु साह, जिल्ला निर्वाचन कार्यालय बाराका निर्वाचन अधिकारी सराेज कुमार चाैधरी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन संगठन पर्साका सचिव सुरेन्द्र यादवले गरेका थिए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *