Categories समाचार समाज

पत्रकार बञ्जारालाई सुशासन पत्रकारिता पुरस्कार

Advertisement

नेपालअखबार, पाेखरा। भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस डिसेम्वर ९ का दिन प्रदान गरिदै आएको सुसाशन पत्रकारिता पुरस्कार–२०७८ पत्रकार यदुनाथ बञ्जारालाई दिने निर्णय भएको छ । ई. स्वर्गिय लेख बहादुर गुरुङले अक्षयकोषबाट स्थापित सुसाशन पत्रकारिता पुरस्कार सुसाशनका लागि नागरिक समाज (सुनास) ले सञ्चालन गर्दै आएको छ ।

हरेक वर्ष प्रदान गर्दै आएको सुसाशन पत्रकारिता पुरस्कार प्रतिमा छनोटका लागि सुनासका पूर्व अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यको संयोजकत्वमा सदस्यहरु पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी र अग्रज पत्रकार श्याम कुँवर रहेको छनोट समितिले सराङकोट साप्ताहिक पत्रिकाका सम्पादक यदुनाथ बञ्जारालाई पुरस्कृत गर्न छनोट गरी सुनास समक्ष सिफारिस गरेकामा सुनासको वैठकले अनुमोदन गरेको सुसाशनका लागि नागरिक समाज (सुनास) का अध्क्ष रविन्द्रनाथ बास्तोलाले जानकारी दिनुभयो ।

Advertisement

पत्रकार बञ्जारा लामो समय देखि भ्रष्टचार विरुद्धको अभियानमा सकृयतापूर्वक लागि खोज तथा अनुसन्धानमूलक पत्रकारिता गर्दै आउनुभएको छ । उहाँ सिआईएस पत्रकारिता पुरस्कार लगायत विभिन्न सामाजिक संस्थाहरुबाट पुरस्कृत भइसक्नुभएको छ । बञ्जारा पत्रकार महासंघ गण्डकी प्रदेश सचिव, सूचनाको हकका लागि जिल्ला सञ्जाल कास्कीका अध्यक्ष लगायत विभिन्न संस्थामा आवद्ध हुनुहुन्छ ।

Advertisement

छनोट भएका प्रतिभालाई भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस डिसेम्वर ९ (मंसिर २३) का दिन एक औपचारिक कार्यक्रमका वीच पुरस्कार प्रदान गरिने सुनासका कार्यक्रम अधिकृत भानु पराजुलीले हिमाली आवाजलाई जानकारी दिनुभयो । कार्यक्रम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालय र सुनासको सहकार्यमा आयोजना हुनेछ ।

Advertisement
Advertisement
Advertisement