Categories अर्थ समाचार

श्रोत नखुलेको १२ लाख रुपैया सहित दुई जना पक्राउ

Advertisement

वीरगन्ज । श्रोत नखुलेको १२ लाख रुपैया सहित शसस्त्र प्रहरीले बुधवार साझ गौर नगरपालिकाबाट दुई जनालाई पक्राउ गरेको छ ।

भारतबाट नेपाल तर्फ आउंदै गरेको प्रदेश ३ ०२ ०१३ प ४९५६ नम्बरको मोटरसाइकललाई गौर नगरपालिका ५ स्थित शसस्त्र प्रहरीले चेकजांच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो ।

Advertisement

शसस्त्र प्रहरी निरीक्षक शंकर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले नियमित चेकजांच गर्ने क्रममा उक्त मोटरसाइकलमा सवार व्यक्तिहरुको गतिविधी शंकास्पद देखिएपछि शंका लागेर कडाईका साथ चेकजांच गर्दा मोटरसाइकलको सिट मुनि लुकाई राखेको उक्त रकम बरामद भएको शसस्त्र प्रहरी बल, ११ नम्बर गण रौतहटले जनाएको छ ।

Advertisement

श्रोत नखुलेको रकम सहित पक्राउ पर्नेमा गढीमाई नगरपालिका ४ संग्रामपुरका २९ वर्षिय राजुकुमार यादव र सोही नगरपालिका वडा नं. ९ बरियारपुरका ३३ वर्षिय राजेश प्रसाद यादव रहेको शसस्त्र प्रहरीले जनाएको छ ।

शसस्त्र प्रहरीले श्रोत नखुलेको रकममा हजारका दरले ९ सय ७५ थान, ५ सयका दरले ३ सय २६ थान, सयका दरले ६ थान र ५० को दरले २४ थान गरी उनीहरुबाट ११ लाख ३९ हजार ८ सय रुपैया बरामद गरिएको समेत शसस्त्र प्रहरीले जनाएको छ । नोट सहित बरामद मोटरसाइकलको मुल्य गरी १२ लाख ६४ हजार ८ सय मुल्याङ्कन गरी आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा दाखिला गरेको शसस्त्र प्रहरी बल ११ नम्बर हेड क्वाटर रौतहटले जनाएको छ ।

सीमावर्ती क्षेत्रबाट अवैध रुपले नेपाली नोट भित्रिदै आएको स्र्वविदितै छ । सुरक्षाकर्मीले समेत पटक पटक श्रोत नखुलेको रकम बरामद गर्दे आएपनि यस्ता कार्य नियन्त्रणको सट्टा झन् फैलिदै गएको छ ।

 रौतहटको विभिन्न स्थानबाट सुरक्षाकर्मीले वर्षेनी लाखौं रुपैया बरामद गर्दे आएपनि यस्ता कार्यहरु नियन्त्रण हुन सकेको छैन । शंका लागेर चेकजांच अथवा सुराकीको आधारमा पक्राउ पर्दे आएपनि जिल्लाको मुख्य नाकाको रुपमा रहेको गौर भन्सार कार्यालयमा चेकजांच निकै फित्तलो रहदै आएको काराण कारोबारीहरु मौलाउंदै गएको स्थानीय बासिन्दाहरुको भनाई रहेको छ । साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *