Categories समाचार

बिलबिजक भन्दा बढि मालसमान रहेको ट्रक प्रहरी नियन्त्रणमा

Advertisement

वीरगन्ज । वीरगन्जमा भन्सार र बिलबिजक भन्दा बढि मालसमान रहेको एउटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले वीरगन्जको पशुपति रोड कैररियर ट्रान्सपोर्टबाट मालसमान लिएर रौतहट जादै गरेको ना ७ ख ६८७५ नम्बरको ट्रक घण्टाघर चोकबाट नियन्त्रणमा लिउको हो ।

मङगलबार राति ट्रक रोकेर जाँच गर्ने क्रममा पशुपति रोड कैरियर ट्रासपोर्टबाट पठाईएको ट्रकमा विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रक नियन्त्रणमा लिइएको र ट्रकमा ५५ लाख ६१ हजार ७६७ रुपैया मुल्यको खुद्रा तथा औषधीजन्य सामाग्रीहरू फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

सामान सहितको ट्रक अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुधबार बुझाइएको पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *