Rato Pana
Image default
हाइलाइट-समाचार

ड्राईपोर्ट नजिकै ट्रकको ठक्कर बाट एक वृद्धको मृत्यु ।

Advertise:Advertise: Advertise:
Advertise:

वीरगन्ज । पर्सा ड्राईपोर्ट नजिक ट्रकको ठक्कर बाट एक वृद्धको मृत्यु भएको छ ।

वीरगन्ज पोखरिया सडकखण्ड अन्तर्गतको ड्राईपोर्ट चोकमा सवारी दुर्घटना हुँदा एक साईकल यात्रीको घटना स्थलमै मृत्यु भएको छ ।

तिब्र गतिमा रहेको ना ३ ख ६०७५ नम्बरको ट्रकले साईकल यात्रुलाई ठक्कर दिदाँ आज साँझ करिब ५ बजे साईकल यात्रीको घटनास्थलमै मृत्यु भएको हो ।

ट्रकले ठक्कर दिएपछि साईकल यात्रीको ट्रकको दोश्रो चक्कामा शरिर परेर टाउको नै कुच्चिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा परि वीरगन्ज महानगरपालिका वडा नम्बर २४ बहुवरी का अन्दाजी ७० वर्षिय रुपा राउत कुर्मीको मृत्यु भएको हो। ट्रक र चालक यहीँ महानगर वडा नम्बर २२ जगरनाथपुर का २५ वर्षिय छोटु कुमार कुशवाहा अहिले वडा प्रहरी कार्यालयको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Advertise: Advertise:

Related posts

Leave a Comment