Categories अर्थ कृषि

पर्साका किसानहरु सस्ताे भाउमा बिचाैलियालाई धान बेच्न बाध्य

Advertisement

वीरगन्ज । पर्सामा किसानहरुले धान काटेर भित्र्याइसकेको अवस्थामा पनि नेपाल सरकारको समर्थन मूल्यमा विक्री नहुँदा यहाका किसानहरु मर्कामा परेका छन् ।

उब्जाएको धान समयमा बिक्री नहुँदा र सरकारले तोकेको समर्थन मूल्य समेत नपाउँदा पर्सेली किसानहरु मर्कामा परेका हुन् ।

Advertisement

धान भित्र्याएर गहुँ रोप्ने बेला भइसकेको अवस्थामा पनि खाद्य गुणस्तर तथा व्यापार कम्पनी लिमिट्ड शाखा कार्यालय वीरगन्जले हालसम्म धान किन्ने कार्य सुरु नगरेकोले आफुहरु कारण मर्कामा परेकाे गुनासाे किसानहरुकाे छ ।

Advertisement

खेतबाट घरमा भित्र्याइसकेकाे धान समयमा विक्री गर्न नपाउदा नपाउँदा किसानहरु मर्कामा परेको पोखरीया नगरापलिका वडा नंबर ९ का किसान राधाकृष्ण महतोले गुनासो पोखे ।

गहुँ रोप्नका लागि पैसाको जाेहाे गर्नु पर्ने भएकाले किसानहरुले विचौलियालाई सरकारले ताेकेकाे समर्थन मूल्य भन्दा पनि कम मूल्यमा धान बेच्न बाध्य भएकाे उनले बताए ।

अहिले खाद्य संस्थानले धान किन्ने कार्य शुरु नगर्दा किसानहरु विचौलियालाई प्रति क्वीन्टल २४ सयदेखि २६ सय रुपैयासम्म बिक्री गरि रहेका छन् । महताेले भने, गहु खेतिका लागि किसानलाई अहिले मल, खाद, वीउ किन्न पैसाको आवश्यकता छ, तर खाद्य संस्थानले धान किन्ने कार्य शुरु नगरेपछि विचौलियालाई कमै मूल्यमा भएपनि धान बेच्नु परिरहेकाे छ ।

उनका अनुसार समयमा मल खाद नपाएको कारण यसपालि धान उब्जनीमा पनि कमि भएको छ । प्रत्येक वर्ष प्रतिकठ्ठा २ क्वीन्टल धान उत्पादन हुनुपर्नेमा यस वर्ष प्रतिकठ्ठा १ देखि डेढ क्वीन्टल धान मात्रै उत्पादन भएको उनले दुखेसाे पाेखे । त्यसमा पनि धान बेच्ने बेलामा सरकारले तोकेको समर्थन मूल्य समेत नपाउँदा किसानहरु मर्कामा परेको उनले बताए ।

‘अहिले खेत जोत्नको लागि ट्याक्टरको शुल्क पनि बढाएको छ , तेल पनि महंगिएको छ , तर धानको मूल्य जस्ताको त्यस्तै छ’, उनले भने, ‘कृषि प्रधान देश भनिने नेपालका किसानहरु वर्षेनी मर्कामा पर्ने गरेका छन् ,किसानको समस्याप्रति कसैलाई चिन्ता छैन, नेताहरु आफ्नो कुर्सीको लडाईमा व्यस्त छन् भने सरकार आफ्नो सत्ता बनाउनमा व्यस्त छ, किसानको समस्या सुन्ने यो मुलुकमा कोही पनि छैन ।’

खाद्य गुणस्तर तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगन्जका सूचना अधिकारी समिर दहालले भने यो महिनाको अन्तिमसम्म धान किन्ने कार्य शुरु हुनुपर्ने बताए । उनले मन्त्रालयबाट धान किन्नका लागि आधिकारिक पत्र नआएको कारण धान किन्ने कार्य शुरु नगरिएको बताए । चुनावले गर्दा पनि धान किन्ने कार्य शुरु नभएको भन्दै उनले भने , सम्भवत यो महिनाको अन्तिमसम्म धान किन्नको लागि मन्त्रालयबाट पत्र आइसक्छ हाेला ।

उनका अनुसार यश वर्ष नेपाल सरकारले सोना मन्सुली धानको समर्थन मूल्य प्रति क्वीन्टल ३१ सय ६५ रुपैया तोकेकाे छ । कतर्नी धानको मुल्यका लागि जिल्ला स्तरीय प्राथमिक समितिबाट निर्णय गरिने उनले बताए । साभार: news24nepal.tv

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *