वीरगन्ज । रातोपाना न्यूज नेटवर्क द्वारा संचालित रातोपाना अनलाईन न्यूज पोर्टल तथा हाम्रो प्रदेश टिभीको युट्युब चैनलको लागी तैयार पारिएको भोजपुरी कार्यक्रम “बतकही” को दोस्रो शृख्लामा अतिथि रहनु भएका नारायणी अस्पतालका बरिस्ठ चिकित्सक डाक्टर निरज कुमार सिंहले कार्यक्रममा कुराकानी गर्दै “सर्वसधारणले आफुलाइ सजिलो होस भनेर गराएको बिमा वाप्त पाउनुपर्ने सेवा सुबिधा नपाउदा तथा अस्पताल प्रशासनको हेलचेक्राइका कारण सेवाग्राहीहरू हामी माथि झर्केर रेफर गर्न कर गर्छन् जस्को फलस्वरूप कुनै बेला स्वास्थ्य क्षेत्रमा मुख्य भुमिका खेलेको नारायणी अस्पताल र यहाँ कार्यरत चिकित्सकहरू अहिले बिभिन्न किसिमकाे आलोचना खेप्न बाध्य भएको बताए ।”
मुख्यत औषधि र अन्य लैब जाँचमा सहज उपलब्धता नभएकोले भइरहेको समस्याका कारण ओपिडि चेकजांच गर्ने अधिकांश डाक्टरहरू आफुले उपचार गर्ने नियमित बिरामीलाई पनि प्रिसकिप्सन मार्फत अन्य अस्पतालमा रेफर गरेको सहजै देखिन्छ । यो एक दुई दिनकाे वा एक दुई दिनका लागी उत्पन्न भएको समस्या होईन यो त कयौ महिना देखी चल्दै आएको दैनिकी समस्या बनिसकेको छ।

डाक्टर सिंहले राताेपानासंग कुरा गर्दै हामी “डाक्टर बाट रेफरबहादुर” भईसकेको बताए । बिरामीलाई यहाँ औषधि नपाउदा अन्य अस्पतालमा रेफर गर्दा उपचार गर्न सकेनौ भनेर हामी माथी पनी औला उठ्न सक्ने बताउनुभयो ।
नारायणी अस्पतालमा २ दशक देखि सक्रिय रहेका डाक्टर सिंह कोभिड १९ को पहिलो लहरमा श्रोत साधनको अभावमा बिभिन सहयोगी व्यक्ति, संघ संस्था ,दातृ निकाय बाट उपचार गर्दा चाहिने साधन र उपकरण सहयोग मागेर जोहो गर्दै भयाइ – नभयाइ बिरामीको उपचारमा अग्रसरता देखाएका उनले केन्द्रबाट आएको कोभिड १९ शिर्षकको बजेटबारे प्रशासनले हालसम्म कुनै हिसाब किताब पारदर्शी नगर्दा भ्रष्टाचार भएको हुन सक्ने समेत आसंका व्यक्त गरे ।

सर्वोच्च अदालतको आदेशपछि सरकारले बिरामीलाई सुविधा दिन, अस्पतालको आयस्रोत बढाउन र रोजगारी समेत सिर्जना गर्न २०७२ मा हरेक सरकारी अस्पतालमा आफ्नै फार्मेसी हुनुपर्ने व्यवस्था गरेको हो । अस्पताल हाताभित्र सञ्चालित निजी फार्मेसीलाई विस्थापित गरेर सुरु गरिएका फार्मेसीमा औषधि नभएपछि बिरामी र आफन्त निजीमै धाउन बाध्य छन् । दूरदराज बाट उपचारमा सहजता होस भनेर आएका सर्वसधारणलाई औषधिकै कारण अन्य अस्पतालमा रेफर गरि पठाएपछी गरिब लाचारको पिडा माथी झन पिडा थपेको बुझिएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बिरेन्द्र प्रधान संग बुझदा “नारायणी अस्पतालले स्वास्थ बिमा गराएका बिरामीहरूलाई औषधि दिन सकेकाे छैन हामीले फार्मेसी संग बुझ्दा कुनै किसिमको सहयाेग नपाएको बताउनु भयो । सम्बन्धित सबै ठाउँमा कुरा गरेकाे छु हाम्राे टेन्डर समेत खारिज भैसकेकाेले हामी पुनः टेन्डर गर्ने प्रक्रियामा गएका छाै । नारायणीका चिकित्सकहरूले बाध्यताले मेडिकल कलेज लगायत अन्य अस्पतालमा रेफर गर्नु परेकाे छ । नारायणी अस्पतालको फार्मेसीमा औषधि नपाएपछि यहाँका चिकित्सकहरूले स्वास्थ बिमाका बिरामीहरूलाई अन्त रेफर गर्नु परेको स्विकार्दै मेडिकल सुपरिटेन्डेड डा. प्रधानले बताए । माघ १२ गते टेन्डर भईसकेकाे र फाल्गुन १ गते देखि नारायणी अस्पतालको फार्मेसीमा सम्पुर्ण औषधिहरू उपलब्ध हुने नारायणी अस्पतालका सुचना अधिकारी डाक्टर उदय नारायण सिंहले बताए ।







