पर्सा । तराई मधेशमा दाईजोको चलन निकै रहेको छ । छोरीको बुवाले आफनो चेलीको भबिष्यका लागि भनेर आफनो सम्पत्ति बचेर भएपनि दानमा दिने चलनले गर्दा कसैलाई धनी र कसैलाई निकै गरिब बनाईदिने यो दाईजोको चलन कानुनी रुपमा ढण्ढणीय रहेको भएपनि दुबै पक्षको सहमती र गोप्य तरिकाबाट यो प्रक्रिया हुने गरेको छ ।
तर यो परम्पराको बिरोध गर्नेहरु पनि बिस्तारै बढदै गरेको पाईएको छ । खासगरी शिक्षा र चेतना भयो भने दाईजोलाई समाजबाट हटाउन सकिन्छ भन्ने बिश्वास पनि छ । बिभिन्न किसिमको अभियानले गर्दा पनि दाईजो लेनदेनमा कमि आएको देखिएको छ ।
यस्तै उदाहरणीय कार्य गर्नु भएको छ वीरगञ्ज महानगरपालिका वडा नं. २१ सुखचैनाका गोखुल महतोले । वहाँले आफनो छोराको बिवाह बिना कुनै लेनदेन आर्दश बिवाह गरि समाजमा एक फरक सन्देश दिनु भएको छ । जसको शाक्षी हुनु हुन्छ सामाजिक अभियनता प्रकाश थारु र स्वाथ्यकर्मी अनिषकान्त कुश्वाहा । माघ २७ गते गोकुल महतोले आफनो छोरा बिकास महतोको बिवाह वीरगञ्ज महानगरपालिका वडा नं.११ श्रीपुर निवासी नगिना महतोको छोरी आरती महतो संग गरि दाईजोको होडवाजी गर्ने समाजमा दाईजो बहिष्कार गरि एक नयाँ सन्देश दिनु भएको छ ।
बिवाहको दिन प्रकाश थारु फउण्डेशनले एक समारेहका बिच बरबधुलाई सम्मान पत्र तथा खादा सहित सम्मान गरेको स्वास्थ्यकर्मी अनिषकान्त कुश्वाहाले जानकारी दिनु भयो । बिकास महतो पेशाले स्वाथ्यकर्मी रहेको र उनि पर्सागढी नगरपालिका वडा नं.०५ पचरुखी स्वास्थ्य चौकीमा कार्यरत रहेको बताईएको छ ।







