Categories राजनीति समाचार

काँग्रेसको १६ जिल्लाको अधिवेशन आगामी फागुन १३ गते हुने

Advertisement

काठमाडौँ । नेपाली काँग्रेसको जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लाहरूको अधिवेशन आगामी फागुन १३ गते हुने भएको छ ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिको बसेको बैठकले यसअघि माघ १५ गतेका लागि निर्धारित निर्वाचन स्थगित गरिएका १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको समितिका सचिव केशव रिजालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ  ।

Advertisement

बैठकले सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम जिल्लाको अधिवेशन यही फागुन १३ गते गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ  । 

Advertisement

बैठकले १६ जिल्ला अन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित हुने महासमिति सदस्यको निर्वाचन हुन बाँकी भएमा सोही दिन सम्बन्धित क्षेत्रको महाधिवेशन प्रतिनिधिमध्येबाट महासमिति सदस्यको निर्वाचन गर्न निर्णय गरेको छ ।

यस्तै, बैठकले जिल्ला कार्यसमितिको निर्वाचन सम्पन्न भइसकेका तर कुनै वडा, पालिका, प्रदेश सभा क्षेत्र र महासमिति सदस्यको निर्वाचन हुन बाँकी रहेका पद र तहको निर्वाचन यही फागुन १० गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ  ।

यस्तै महोत्तरी क्षेत्र नं ३ को प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र सो क्षेत्रबाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिको निर्वाचन हुन बाँकी रहेकोमा सो निर्वाचन फागुन १० गतेभित्र गर्ने सचिव रिजालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ  ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *