Categories समाचार

दक्षिण सुडानस्थित अनमिस मिसनमा खटी जाने प्रहरी टोलीको बिदाइ

Advertisement

काठमाडौं। संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ दक्षिण सुडानस्थित अनमिस मिसनमा खटी जाने प्रहरी टोलीलाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक प्रदिप कुमार श्रेष्ठले सोमबार बिदाइ गर्नुभयो ।

उक्त मिसनमा खटिइ जाने प्रहरी कर्मचारीहरूमा प्रहरी निरीक्षक ४ जना र प्रहरी नायव निरीक्षक ५ जना गरी जम्मा ९ जना रहेका छन् । उनीहरू मध्ये दुई समूहमा गरी फागुन ४ गते ६ जना तथा फागुन ६ गते ३ जना त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *