Categories समाचार

लागु औषध सहित भारतका १ जना पक्राउ

Advertisement

वीरगञ्ज । पर्सा प्रहरीले लागु औषध सहित १ जनालाई पक्राउ गरेको छ।

हिजो (सोमबार ) अंन्दाजी ०९:३० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डकचोक स्थित सडक खण्डमा प्रहरी चौकी गण्डकबाट खटिएको नियमित चेकिङ्ग टोलीले पक्राउ गरेको हो ।

Advertisement

शंकास्पदरूपमा पैदल हिंडिरहेका भारत विहार जिल्ला मोतिहारी थाना रामगढवा वडा नं.१४ बस्ने वर्ष २२ को जगत कुमार कुशवाहालाई जाँच गर्दा निजले बोकेको ब्यागभित्र कालो प्लाष्टिकको झोलामा लुकाइछिपाई ल्याएको लागु औषध सहित कुशवाहालाई पक्राउ गरिएको हो ।

Advertisement

नुर्फिन १०० एम्पुल, डाइजीपाम १०० एम्पुल र फेनारगन १०० एम्पुल गरी जम्मा ३०० एम्पुल फेला परेकोले उल्लेखित लागु औषध बरामद गरी निजलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *