Categories समाचार

फागुन ६ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

Advertisement

काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगिप्रतिनिधिसभात भएको छ । सभामुख सापकोटाले आज बसेको बैठकमा फागुन ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए ।

आजको बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले नाराबाजी गरे । तर, उनीहरूको नाराबाजी चलिरहे पनि सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराए ।

Advertisement

सभामुख सापकोटाले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भनेलगत्तै एमाले सांसदहरू रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरेका थिए । नाराबाजी रोकेर बैठक चल्ने वातावरण बनाउन सभामुख सापकोटाले पटक पटक आग्रह गरे पनि एमाले सांसदहरू नरोकिएपछि बैठकलाई कार्यसूचीमा प्रवेश गराएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *