Categories समाचार

एमसीसीको पक्ष-विपक्षमा खुलेनन् उपेन्द्र

Advertisement

काठमाडौं । एमसिसीको पक्षविपक्षमा सबैजसो राजनीतिक दल र नेताहरू खुलेर लागेका बेला सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव भने कतै खुलेका छैनन् ।

उनकै पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई भने खुलेर एमसिसीको पक्षमा उभिएका छन् । एमसिसी सदनबाट पास हुनैपर्ने उनको भनाइ छ। एमसिसीसम्बन्धी भट्टराईको धारणा पार्टीको नभई व्यक्तिगत भएको अध्यक्ष यादवनिकट नेताहरू बताउँछन्। एमसिसीमा यादव नखुलेपछि पार्टीमा उनी पक्षका नेता अलमलमा छन्।

Advertisement

एमसिसीमा यादवको धारणा के हो भन्ने उनीनिकट नेतालाई पनि थाहा छैन । सत्ता गठबन्धनको शुक्रबार बिहान बसेको बैठकमा अध्यक्ष यादव सहभागी थिए। बैठकमा उनले मध्यममार्गी बाटो एमसिसी सदनमा पेस गर्न दिनुपर्ने धारणा राखेको तर पास गर्ने या नगर्नेबारे केही नबोलेको स्रोतले बतायो। अध्यक्ष यादवनिकट एक नेताले भने, ‘एमसिसीमा नखुले पनि उहाँको भित्री मनशाय यथास्थितिमा यो पास गर्नुहँदैन भन्ने बुझ्न सकिन्छ। तर बोल्नुभएको छैन।’

Advertisement

जसपा सांसद इस्तियाक राई एमसिसीजस्तो महत्त्वपूर्ण र चर्चित विषयमा पार्टीले निर्णय गरी एउटा धारणा बनाउनुपर्ने बताउँछन् । जसपा कार्यकारिणी समिति सदस्य तथा मिर्गेन्द्रसिंह यादवले भने, ‘उहाँ । (अध्यक्ष)ले एमसिसीको विषयमा प्रस्ट बोल्नुभएको छैन । पक्षमा हुनुहुन्छ या विपक्षमा हुनुहुन्छ, थाहा हुन सकेको छैन ।’

जसपा कार्यकारिणी समितिका अर्का सदस्य मनीष सुमनले एमसिसीबारे पार्टीले संस्थागत निर्णय गर्न नसक्दा आफूहरू अलमलमा परेको बताए।

याे खबर आजको नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *