Categories समाचार

पर्साको ग्रामीण भेगबाट अबैध ८ टन तोरिको ट्रक सहित चालक पक्राउ ।

Advertisement

बिरगंज । सशस्त्र प्रहरीले पर्साको ग्रामीण भेगबाट चार लाख मूल्य बराबरको भन्सार छलिको तोरी ट्रक सहित बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन थापाको कमाण्डमा खटिएको ९ जना, सशस्त्र प्रहरी बल बिओपी पिडारीगुठीका सशस्त्र प्रहरी नायब निरीक्षक सुकराम चौधरीको कमाण्डमा खटिएको ७ जना र सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता मुख्यालयका स्क्वायड संयुक्त टोलीले भारतबाट भन्सार छलि अवैध रुपमा नेपाल भित्र्याएको आठ टन दाना तोरी बरामद गरिएको १३ नं. गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले बताउनु भयो ।

Advertisement

भारतबाट अवैध रुपमा भन्सार छलि गरि नेपाल भित्र्याईएर ना.४ख९२४६ नम्बरको ट्रकमा लोड गरि वीरगंजतर्फ ल्याउँदै गरेको अवस्थामा आइतबार राती ११ बजेको समयमा ट्रक सहित बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनु भयो ।

Advertisement

बरामद उक्त ट्रक र तोरीसहित चालक चितवन माड़ी नपा-५ रमाइलो डांडा बस्ने वर्ष ३१ का दीपक दराईलाई समेत नियन्त्रणमा लिई आवश्यक कार्यवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको डीएसपी बस्नेतले बताउनु भयो ।

बरामद तोरी र ट्रकको मूल्यांकन ११ लाख रहेको बुझिएको छ

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *