रातोपानाकर्मी
पर्सा । वीरगंज लगायत आसपासको क्षेत्रमा माग्ने बाबाहरूका कारण सास्ती बेहोर्नुपरेको छ । वीरगंज आर्थिक राजधानी संगै नेपालको प्रवेश द्वार भनेर चिनिन्छ । माग्ने बाबाहरुले बाहिर बाट्ट आउने पर्यटक तथा स्थानीयहरूसंग गर्ने व्यवहारले नराम्रो छाप छोडने प्रत्यक्षदर्शी बताउछन् ।
संतको भेषमा रहेका बाबाहरुलाइ देख्दा सामान्य मान्न सकिन्छ, तर उनीहरूले गर्ने हर्कत र स्थानीयले बेहोर्नुपर्ने सास्तीका कारण पनि यस तर्फ सम्बन्धित निकायले ध्यान दिन जरूरी रहेको सर्वसधारणको बुझाई रहेको छ ।
भारतीय भिखारी (बाबाको भेष धारी ) हरू भिख माग्ने उद्देश्यले मात्र नभई विभिन्न उद्देश्य राखेर भिखारीको भेषमा आएको हुन सक्नेतर्फ राज्य र राज्यका अंगहरू चनाखो हुनुपर्ने सामाजिक अभियन्ता प्रकाश थारूको धारणा छ । उनले त्यस्ता भिखारीलाई उठाएर भारतमै पठाइदिनुपर्ने बताए ।

मुलुकी अपराध संहिता ऐन २०७४ ले सार्वजनिक स्थलमा भिख माग्न प्रतिबन्ध लगाएको छ । सो समितिमा भिक्षा मागे एक हजार रुपैयाँ र अरूलाई माग्न लगाएमा १० हजार रुपैयाँसम्म जरिवाना र कैदसमेतको व्यवस्था गरेको छ ।
ऐनको दफा १२६ मा गरिएको व्यवस्था अनुसार कसैले कुनै सार्वजनिक स्थानमा भिक्षा मागेमा, कसैले बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा माग्न लगाएमा र अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा माग्न दुरुत्साहन दिएमा पहिलोपटक भिक्षा मागेको भए एक महिना कैद वा एक हजारसम्म जरिवाना गर्ने व्यवस्था छ ।
दोस्रोपटकदेखि प्रत्येकपटक दुई महिना कैद वा दुई हजारसम्म जरिवानाको व्यवस्था छ । माग्न लगाएको भए पहिलो पटकमा एक वर्षसम्म कैद वा १० हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । दोस्रोपटकदेखि प्रत्येकपटक तीन वर्षसम्म कैद वा ३० हजारसम्म जरिवाना वा दुवै गर्ने व्यवस्था रहेको छ।

वीरगंजको बसपार्क, माईस्थान , महाबीरस्थान,घडिअर्वा पोखरी, अलखिया मठ र विभिन्न धार्मिक स्थल तथा सडकमा समेत बाबाको भेषमा भारतीय मूलका माग्ने धेरै छन् । भारतीय माग्नेहरू नेपालको सीमाबाट प्रवेश गर्ने र देशका अन्य सहरमा पनी भित्रिने गरेका छन् । माग्न बालबालिकाको प्रयोग गर्ने, अंगभंग भएका अवस्थामा सडकमा बस्ने र कतिपयले आगन्तुकलाई निरुत्साहितसमेत गर्ने गरेका देखिएको छ ।
माग्नेहरूको पैसा उठाउने तरिका

विभिन्न पुजा पाठको भाकल गरिएको नाममा , आफन्तलाई उपचार गराउन, छोरीको बिहे गराउन, अन्य , हाल नजिक्दै गरेको शिवरात्रीमा पशुपति गइरहेको भन्दै माग्ने बाबाहरूको चहलपहल बढेको बुझिएको छ । युवा तथा बालबालिकाको समुह प्रयोग गरी पसलहरूमा माग्न लगाउने, एक जनालाई दिएपछी बाकिहरू होहल्ला गर्ने, हिडिरहेका व्यक्तिलाई चारै तिरबाट्ट घेरेर पैसा माग्ने र नदिए अपशब्द प्रयोग गर्ने , गाली गलौज जस्ता क्रियाकलाप गर्ने गरेको प्रत्यक्षदर्शी बताउछन ।
हुन सक्छ सबै त्यस्ता छैन्न तर त्यस्ताहरूले गर्दा वास्तविक संत फकिर पनी बदनाम हुनुको साथै धार्मिक आस्था माथि आच आउनसक्ने अवस्था छ। कतीले त माग्ने कामलाई नै मुख्य पेशा बनाई विभिन्न रंग ढंग बनाई माग्दै हिडिरहेकाहरूको सर्वसधारणहरूको बुझाई रहेको छ।






