पर्सा । वीरगन्जमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल , पर्साको आज देखी विधिवतरुपमा पुजापठ गरी सम्पर्क कार्यालय उदघाटन गरिएको छ ।
रानीघाट स्थित गोकुलेश्वर भवनमा खोलिएको सम्पर्क कार्यालय लोसपा जिल्ला अध्यक्ष पुरुषोतम झाले विधिवतरुपमा पुजापाठ गरी झण्डातोलन कार्यक्रम सम्पन्न गरेको हो ।

आज देखी दैनिकरुपमा कार्याकर्ता तथा आम नागरीकको सम्पर्कको कार्यालयको रुपमा सुचारु हुने लोसपा नगरकार्य समितीका अध्यक्ष ओमप्रकास सरार्फले बताए ।
उक्त कार्यक्रममाको प्रमुख अतिथी मधेश प्रदेश संसद रमेश कुर्मि, लोसपा पर्साका बरिष्ठ नेता तथा अधिवक्ता सुरेन्द्र कुर्मि , रम्भा मिश्र, लगायत जिल्लाका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।







