Categories शिक्षा समाचार

चिट चोर्न नपाएको भन्दै हंगामा सहित क्याम्पसमा तोडफोड

Advertisement

बारा । जिल्ला सदरमुकाम कलैयामा रहेको रामराजा बहुमुपखी क्याम्पसमा परिक्षार्थीहरुले चिटचोर्न नदिएको भन्दै हंगामा गरेका छन् ।

बिरजगं पब्लिक क्याम्पस बिरगजंमा अध्यानरत स्थानिय विद्यार्थीहरुले चिट खोसेको बहानामा तोडफोड गरेर आक्रोश पोखेको प्रहरीले जनाएको छ ।

Advertisement

आक्रोशित परिक्षार्थीहरुले क्याम्पसको शौचालय, पानी टंकी लगायत भौतिक सामाग्री तोडफोड गरी नष्ट गरेका छन् । उनीहरुले परिक्षामा खटिएका नियन्त्रकहरुका सावारी साधनमा क्षेती पुर्याएको बारा प्रहरीले जनाएको छ ।

Advertisement

बाराका प्रहरी नायव उपरिक्षक राजेश थापाका अनुसार आईतबार विहान संचालन भएको स्नातक पहिलो बर्षको अर्थशास्त्र विषयको परिक्षामा सहभागि विद्यार्थीहरुले चिट चोर्न नपाएको भन्दै आक्रोश पोखेको हुन् । भौतिक सम्पतीमा क्षेती पुगेको छ । सोको वास्तविक विवरण नआईसको डिएसपी थापाले जानकारी दिए ।

परिक्षा टाईट गरेको चिट चोर्न नदिएको , चिट खोसेको भन्दै विद्यार्थीहरुले परिक्षा सकिएलगतै बबाल सुरु गरेको राजाराम बहुमुखि क्याम्पसका लेखापाल हरेराम चौधरीले बताए ।

विपिसी क्याम्पस बिरगजंका ३५/४० जना विद्यार्थीको झुण्डले परिक्षामा खटिएका सरहरुलाई गाली गलौज गर्नुका साथै हातपातको प्रयास समेत गरेका थिए । त्यो प्रयास सफल नभएपछि उनीहरुले क्याम्पस परिषरका फलफुलका विरुवा नष्ट गर्नुका साथै सवारी साधन र अन्य सामाग्री तोडफोड गरेको उनले बताए ।

घटनाले भय उत्पन्न गरेको छ । घटनामा संलग्नहरुको पहिचान गरेर कानुनी उपचार गर्ने वातावरण नभए भोलीबाट परिक्षा संचालन गर्न मुस्कील देखिएको चौधरीले बताए । डर त्रासका विच परिक्षा संचालन गर्न सहज नहोला, उनले भने ।

यता परिक्षार्थीहरु भने चिट खोस्ने बहानामा विद्यार्थी माथी शिक्षकहरुले हातपात समेत गरेपछि आक्रोष पोख्नु परेको बताएका छन् ।

घटनापछि बसेको दुबै क्याम्पसका प्रमुखहरुको बैठकले घटनाको निन्दा गर्दै संलग्नको पहिचान गरेर कार्वाही गर्ने र भोलीबाट परिक्षालाई मर्यादित बनाउने सहमती गरेको बताईएको छ ।बिधार्थी अनुसार ” यता उता हेर्यो भनेर पेपर खोसेको डेढ घण्टा पछि परिक्षा सक्न १५ मिनेट बाकी हुदा पेपर फर्काइयो र यसरी किन गर्नु भयो भनेर सोधन जादा प्रहरी लगाएर उल्टै कुटपिट गराइयो । घटनाबारे बुझन विपिसी क्याम्पस प्रशासनलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

बिधार्थी अनुसार ” यता उता हेर्यो भनेर पेपर खोसेको डेढ घण्टा पछि परिक्षा सक्न १५ मिनेट बाकी हुदा पेपर फर्काइयो र यसरी किन गर्नु भयो भनेर सोधन जादा प्रहरी लगाएर उल्टै कुटपिट गराइयो ।” घटनाबारे बुझन विपिसी क्याम्पस प्रशासनलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *