Categories कृषि समाचार

कृषकलाई अनुदानमा प्राङ्गनीक मल,कृषि चुन,स्प्रे ट्यान्की र धानको बीउ वितरण

Advertisement

रामकिशोर चौधरी

विरगन्ज। पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा २ स्थित सुस्मिता राईस मिलको प्राङ्गणमा कृषि ज्ञान केन्द्र,पर्साको सहयोगमा र साहस साना किसान कृषि सहकारी संस्था सखुवाप्रसौनी ५,महुवनको आयोजनामा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यक्रमको धान ब्लक कार्यक्रम अन्तर्गत अनुदानमा प्राङ्गनीक मल,कृषि चुन,स्प्रे ट्यान्की र धानको बीउ १५० जना कृषकहरुलाई वितरण गरेको छ।

Advertisement

भुमी ब्य.कृ. सचिव जनकपुरका नम्रता सिंहको प्रमुख अतिथिमा प्राङ्गनीक मल,कृषि चुन,स्प्रे ट्यान्की,धानको बीउ बितरण गरेको छ।कार्यक्रममा सखुवाप्रसौनीको गाउँपालिका उपाध्यक्ष फुलमती देवी चौधरी,कृषि ज्ञान केन्द्र पर्साका निमितप्रमुख मुन्नीलाल प्रसाद,श्री दिपनरायण आदर्श माध्यमिक बिधालयका प्र.अ. शिवनाथ चौधरी लगायतको उपस्थिति रहेको थियो।

Advertisement

एक सय पचास जना कृषकहरुलाई अनुदानमा उपलब्ध गरेका सामग्रीहरु साहस साना किसान कृषि सहकारी संस्था सखुवाप्रसौनी वडा ५ महुवनका संस्था अध्यक्ष नरेश जैसवालको अध्यक्षतामा वितरण कार्यक्रम सम्पन्न भएको हो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *