वीरगञ्ज । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सँग सरकारले सम्झौता गरेको परियोजना सञ्चालनका लागि कर्मचारी भर्ना गर्न विज्ञापन गरिएको छ ।
एमसीसी परियोजना कार्यान्वयनका लागि स्थापित सरकारी एजेन्सी एमसीए–नेपालले विभिन्न पदमा कर्मचारी मागेको हो ।संसदबाट एमसीसी सम्झौता पारित भएको २ दिनपछि नै यसका लागि एमसीए नेपालले १० पदमा कर्मचारी माग गर्दै आवेदन खुला गरेको हो।
एमसीए बोर्डले प्रोजेक्ट म्यानेजरदेखि कार्यालय सहायकसम्मको पदमा आवेदन आह्वान गरेकाे हाे । इच्छुक योग्य उम्मेदवारले आउने चैत १ गतेभित्र आवेदन बुझाइसक्नुपर्ने भनिएकाे छ ।
आवेदकहरुले एमसीएनेपालको वेबसाइटमा गएर रोजगारीका लागि आवेदन दिन सक्नेछन् ।







