Categories अर्थ समाचार

मूल्य बढेपनि निगमलाई १५ दिनमा साढे दुई अर्ब घाटा हुने, फागुनमा मात्रै २८ अर्ब नोक्सान !

Advertisement

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेपनि आगामी १५ दिनमा करिब रु दुई अर्ब ५० करोड घाटा हुने निगमले प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षको फागुन महिनासम्म करिब रु २८ अर्ब नोक्सानी हुने अवस्था देखिएको निगमले जनाएको छ ।

रुस–युक्रेन युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको मूल्य प्रतिव्यारेल १२० डलर पुगेको छ ।

Advertisement

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकाशिएसँगै निगमको घाटा पनि उत्कर्षतर्फ पुग्दै गएको छ ।

Advertisement

निगमले पेट्रोलियम पदार्थ खरिदबापत भारतीय आयल कर्पोरेशनलाई भुक्तानी गर्नुपर्ने रकम अपुग भएको भन्दै सरकारसँग सहयोग मागेको छ ।

निमगमले बिहीबार देखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । यो सँगै पेट्रोलको मूल्य प्रतिलिटर १५० पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *