Categories शिक्षा समाचार

विभिन्न शीर्षकमा शुल्क उठाएको भन्दै विद्यार्थीद्वारा स्कुलमा आगजनी

Advertisement

रौतहट । शुल्क उठाएको भन्दै मावि विद्यालयमा तोडफोड भएको छ । रौतहटको सदरमुकाम गौरमा रहेको जुद्ध उच्च माविमा विद्यार्थीहरुले आज तोडफोड र आगजनी गरेका छन् । विभिन्न शीर्षकमा शुल्क उठाएको भन्दै विद्यार्थीहरुले आगजनी गरेका हुन् ।
सार्वजनिक विद्यालयले माध्यमिक तहसम्म कुनै बहानामा शुल्क लिन नपाइने भने पनि विभिन्न शीर्षकमा शुल्क उठाएको भन्दै विद्यार्थीहरुले आगजनी गरेका हुन् ।

विद्यालयले नेपाली माध्यममा पढ्ने विद्यार्थीलाई निशुल्क र अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीसँग मासिक शुल्क, भर्ना शुल्क, परीक्षा शुल्क र पाठयपुस्तकको समेत शुल्क लिने गरेको छ । सोमबार विद्यार्थीहरुले विद्यालयमा रहेका खानेपानीका ट्याङ्की पनि तोडफोड गरेका छन् ।

Advertisement

गौर नगरपालिका कार्यालयले समेत कुनै पनि बहानामा शुल्क नउठाउन पत्रचार गरे पनि जुद्ध माविले मानेको छैन ।
‘हामीले पटक पटक प्रधानाध्यापकलाई शुल्क नउठाउन तथा पाठ्यपुस्तक निशुल्क वितरण गर्न माग गर्दा समेत विद्यालय प्रशासनले अटेर गर्यो, अनेरास्वयूका केन्द्रीय सदस्य रवि मिश्रले भने ‘गौर नगरपालिकाले सूचना नै जारी गरेर शुल्क नउठाउन भन्दा पनि विद्यालयले मानेको छैन, शुल्क तिर्न नसक्ने गरीबका बालबालिकाले अझै पुस्तक पाएका छैनन् ।’

Advertisement

प्रधानाध्यापक चन्देश्वर राउतले विद्यार्थी संख्या अत्यधिक भएको र शिक्षक दरबन्दी कम भएपछि विद्यालयले आफ्नै सोतमा अंग्रेजी माध्यमको कक्षा सञ्चालन गरेको र मासिक ३ देखि ७ सयसम्म शुल्क लिने गरेको बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *