Categories प्रविधि समाचार

प्राधिकरणकाे आह्वान : औद्योगिक ग्राहकलाई १३२ केभी प्रसारण लाइनबाट सिधै आपूर्ति

Advertisement

काठमाडौं । उद्योगलाई चाहिएजति र गुणस्तरीय बिजुली आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणले १३२ केभी प्रसारण लाइनबाट सिधै आपूर्ति लिन आह्वान गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगलाई १३२ केभी प्रसारण लाइनबाट विद्युत् लिन आह्वान गरेका हुन् ।

Advertisement

सो औद्योगिक कोरिडोरमा सञ्चालनको तयारीमा रहेका, भविष्यमा खुल्ने र थप विद्युत् माग गर्ने उद्योगलाई १३२ केभीमा जोडिन आग्रह गरिएको छ । यस क्षेत्रका उद्योगले अहिले ११ र ६६ केभी लाइनबाट विद्युत् आपूर्ति लिइरहेका छन् । १३२ केभीबाट विद्युत् आपूर्ति लिएमा त्यसको महसुल सस्तो छ ।

Advertisement

उद्योगले आफ्नो परिसरमा सबस्टेसन भने आफैँले निर्माण गर्नुपर्ने हुन्छ । महसुल सस्तो पर्ने र चुहावट पनि कम हुने भएकाले सबस्टेसन निर्माण गर्दा पनि उद्योगीलाई सस्तो पर्ने दाबी प्राधिकरणको छ ।

यो खबर आजको गोरखपत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *