Categories विचार

भाषा र साहित्यमा महानगरको भुमिका !

Advertisement

वीरगन्ज । ईतिहास मै हुन नसकेको कार्य महानगर ले भोजपुरी प्रतिष्ठान बीरगंज को स्थापना गरेर गरेको छ। विगत कयौं वर्ष देखी भाषा साहित्य मा आफ्नो समय खर्चिने व्यक्ति हरुलाई सम्मान पाएको छ। अहिलेका वर्तमान पिढी लाई आफ्नो भाषा र साहित्य मा रुचि थिएन तर अहिले हरेक वर्ग मा आफ्नो भाषा र साहित्य मा रुचि बढेको छ। भोजपुरी भाषा लाई लिएर धेरै कुरा काट्ने कार्य हुन्थ्यो पहिला भोजपुरी भाषा माथि एउटा जुन अश्लीलता को टैग लागे थियो त्यो टैग हटाउन महानगरले खेलेको भुमिका अविस्मरणीय रहेको छ।

भोजपुरी भाषा आफैमा एउटा श्लील र समृद्ध भाषा हो भन्ने अब हाम्रो समक्ष प्रत्यक्ष प्रमाण रहेको छ। भोजपुरी भाषा मा सम्पुर्ण संस्कार का गित रहेका छन। भोजपुरी भाषा मा बिनिन्न महत्त्वपूर्ण साहित्यिक कृति हरु रहेका छन जसको खोज बिन र उचित सम्मान को लागी भोजपुरी प्रतिष्ठान जस्तो संस्था को आवश्यकता थियो। भोजपुरी को इतिहास लोप हुँदै गईरहेको बेला महानगर ले खेलेको यो भुमिका भोजपुरी भाषा को लागी संजिवनी बुटी जस्तै साबित भएको छ। भोजपुरी भाषा लाई जन-जन सम्म पुर्याउन यस भोजपुरी प्रतिष्ठान को निर्माण अति नै आवश्यक रहेको थियो जुन महानगर लाई समय मै देखियो।

Advertisement

मेरो रुचि सानै देखी आफ्नो भाषा र साहित्य मा रहेको थियो मलाई एकेडमिक पढाइ भन्दा बढी साहित्य मा रुचि लाग्थ्यो र आजीवन यसको निरन्तरता बनिरहोस भनेर प्रयासरत रहेको छु। सुरु मा त मैले नेपाली भाषा को चुनाव गरी एउटा “माया” नामक पुस्तक लेखे र अहिले म एउटा भोजपुरी कविता संग्रह “नारी अस्तित्व-बोध” आफ्नो मातृ भाषा लाई मातृ भाषा दिवस को दिन नै अर्पण गरेको छु। भोजपुरी प्रतिष्ठान को स्थापना मेरो साहित्यिक जीवन मा पनि धेरै नै सहुलियत प्रदान गरिएको छ।

Advertisement

अहिले को हाम्रो पिढीलाई भाषा साहित्य मा रुचि लाग्दैन थियो। अहिले सम्म त कसैले मातृ भाषा शब्द को अर्थ र आवश्यकता पनि राम्ररी बुझेको थिएन। तर अब अहिले का नयाँ पिढी लाई पनि आफ्नो मातृ भाषा प्रति को माया प्रेम उजागर भएको देखीन्छ। केही दिन अगाडि सम्म म यो भाषा र साहित्य को क्षेत्र मा आफुलाई एक्लै पाएकी थिए। धेरै ठाउँ मा मैले मेरो उमेर लाई लिएर समस्या झेल्नु परेको छ। म भर्कर कलेज पढी रहेकी बालिका भाषा र साहित्य को बारेमा के बुझ्छु के लेख्छु भनेर पनि धेरै कुराहरु काटिएको पनि सुने। र यो केहीं हद सम्म स्वभाविक पनि हो उमेर ले परिपक्वता आउँछ।

तर हरेक ठाउँ यो कुरा लागू हुंदैन अहिले को पिढी हामी आफ्नो प्रतिभा देखाउनलाई र आफ्नो अध्ययन क्षमता देखाउन लाई उमेर लाई पर्खिदैनौ। हुनसक्छ र यो यथार्थ पनि हो की मेरो अध्ययन मेरो ज्ञान हाम्रो अग्रजहरु को अगाडि कमै होला। तर पनि मेरो प्रतिभा को कदर गरिदिने हाम्रो अर्गज हरुको कर्तव्य पनि हो त्यस्तै गरी हामीले नबुझेको कुरा हामिलाई आएर बुझाई दिने पनि वहाँ हरुको एउटा महत्त्वपूर्ण कार्य हाम्रो पनि त्यो कुरालाई बुझेर व्यवहारमा ल्याउने हाम्रो कर्तव्य हो। हामी युवा पिढी सिक्ने बाटोमा छौं र हाम्रो उमेर को आंकलन नगरी हाम्रो अग्रजहरुले हामिलाई सिकाउनु हुन्छ भनेर आपेक्षा लिएका छौं।

भोजपुरी प्रतिष्ठान को स्थापना भए देखि हाम्रो पनि मनमा धेरै आशा र बिश्वास जागेको छ। भविष्य मा हाम्रो लागी एउटा स्थाई स्थान पायो जहाँ हामी आफ्नो मातृ भाषा र साहित्य को लागी काम गर्न सक्छौं। हाम्रो लागी पनि एउटा उचित प्लाटफर्म को निर्माण भएको छ भनेर खुशी छौं। भविष्य मा भाषा र साहित्य लाई समृध्द बनाउन लाई महानगर ले खेलेको यो भुमिका अति नै सराहनिय र अविस्मरणीय रहेको छ। पहिला भोजपुरी गीत भन्ने बितिकै हेडफोन लगाएर लुकेर सुन्नु पर्ने अवस्था थियो तर अब हामी कहीं पनि शान को साथ भोजपुरी गीत हरु सुन्न सक्छौं।

अब को युवाहरु भाषा साहित्य मा आफ्नो करियर पनि देखी रहेका छन। साथै भोजपुरी प्रतिष्ठान ले गरेको कार्यक्रम र कार्यहरु देखेर धेरै युवा हरु अब आफ्नो भाषा को केही गरेर सम्मान कमाउने सपना पनि बोकेर आफ्नो कार्य को सुरुवात गरेका छन। साथै भोजपुरी भाषा प्रती जुन घृणा को र लाज को भावना थियो त्यो अहिले गौरव सम्मान को रुप लिएको छ। अबका युवाहरु भोजपुरी भाषि हुन पाउँदा आफुलाई भाग्यमानी ठानेका छन।

प्रिया मिश्रा "मन्नु" साहित्यकार (लेखीका)

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *