Categories अपराध समाचार

१७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पक्राउ

Advertisement

नेपालअखबार, । १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

गुल्मी मुसिकोट नगरपालिका-१ पखेरा बस्ने २१ वर्षीय दीपेन्द्र विकलाई प्रहरीले पक्राउ गरेको हो।

Advertisement

उनलाई शनिबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

Advertisement

दीपेन्द्रले ती किशोरीलाई शुक्रबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्रहरीले पाएको थियो।

उक्त सूचना पाएपछि प्रहरी चौकी पौदिअमराइबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस घटनाको अनुसन्धान प्रहरीले गरिरहेको जनाएको छ।

Advertisement
Advertisement
Advertisement