Categories समाचार स्वास्थ्य

“मेयर घरदैलो स्वास्थ्य शिविर” आजदेखि वडा नम्बर २० हरपतगंजमा शुरु

Advertisement


वीरगन्ज । “मेयर घरदैलो स्वास्थ्य शिविर” वीरगन्ज महानगरपालिका वडा नम्बर २० हरपतगंज स्वास्थ्य चौकीमा आज (आइतबार ) देखि शुरु भएको छ ।

विभिन्न वडाहरुमा क्रमशः सेवा दिदै आएको “मेयर घरदैलो स्वास्थ्य शिविर“ आज वडा नम्बर २० मा सञ्चालनमा रहेको पहिलो दिनको ५४ जना महिला सहित १ सय ४ जना स्थानीयबासीले स्वास्थ्य सेवा लिएका छन् । डाक्टरको सल्लाह र आवश्यकता अनुसार १५ जनाले ल्याब सेवा समेत लिएका हुन ।

Advertisement

बिरामीको अवस्था हेरी मोबाइल ल्याब बाट तत्कालै रगत परिक्षण गराइ समस्या अनुसार नि:शुल्क औषधी पनि वितरण गरिएको जनाइएको छ ।

Advertisement

घरदैलोमै सबै खालका चेकजाँच हुने गरी स्वास्थ्य सेवा पुगेपछि सदरमुकाम धाइरहने अवस्था हटेकोले स्वास्थ्य चेकजाँच गराउन आउने सेवाग्राहीको भीडभाड लाग्ने गरेको वीरगन्ज महानगरपालिकाका आम सञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिका सदस्य अमित अग्रवालले बताए ।

आफ्नै गाउँठाउमा निशुल्क स्वास्थ्य परिक्षण भइरहेकोले सदरमुकाम धाइरहने समस्या र फजुल खर्च बाट बचने सुवर्ण अवसर रहेकोले शिविरमा सहभागी भइ स्वास्थ्य सेवा लिन महानगरका प्रमुख राजेशमान सिंहले अनुरोध गरे ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *