बारा। वीरगञ्ज महानगरका मेयर विजय सरावगीले आधिकारिक रूपमा राष्ट्रिय अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा नेकपा एमालेमा प्रवेश गरेका छन् ।
बैवाहिक कार्यक्रममा सहभागी हुन बीरगन्जको प्रसौनी टोलमा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा शर्मा ओली फुलमाला र गम्छा ओढाएर मेयर सरवागीलाई पार्टी प्रवेश गराएका हुन् । ओलीसँगै कार्यक्रममा पूर्वमन्त्री प्रभु साह,रुघुबिर महासेठ लगायतका नेताहरुको सहभागी रहेका थिए ।
बीरगन्ज महानगरपालिका वडा नं. २३ प्रसौनीमा नेकपा एमाले पर्सा जिल्ला कमिटिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बीरगन्ज महानगरपालिकाका मेयर सरावगी सहित ३ जना वडा अध्यक्षहरुले समेत प्रवेश गरेका थिए ।







