Categories राजनीति समाचार

पार्टीद्वारा सांसद यादवलाई गरिएको कारबाही फुकुवा

Advertisement

बीरगन्ज । जनता समाजवादी पार्टीले सांसद प्रदीप यादवलाई गरेको कारबाही फुकुवा गरेको छ । जसपाले सांसद यादवलाई अनुशासनको कारबाही गरेको थियो ।

जसपा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार फागुन १३ गतेदेखि बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवविरुद्धको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।

Advertisement

पर्सा जिल्लाबाट प्रतिनिधि सभामा सांसद समेत रहेका यादवले अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाउने लगायतका काम गरेको भन्दै उनलाई केन्द्रीय कार्यकारिणी समिति सदस्यबाट हटाएर साधारण सदस्यमा सीमित गरिएको थियो ।

Advertisement

सत्ता गठबन्धनमा उनलाई मन्त्री नबनाएपछि उनले विरोध जनाएका थिए ।

यादवलाई गत मंसिर ५ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *