Categories समाचार

बिश्व उपभोक्ता अधिकार दिवस पर्साको ठोरिमा विभिन्न कार्यक्रम गरि मनाइयो ।

Advertisement

बिरगंज । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिरगंजको आयोजनामा “सुरक्षित र समावेशी विद्युतिय कारोवार :- उपभोक्ताको अधिकार ” भन्ने नाराका साथ आज बिश्व उपभोक्ता अधिकार दिवस ठोरिमा मनाईएयो।

ठोरि गाउपालिका वडा न.२ स्थित श्री सरस्वति माध्यमिक बिधालय गौतमनगरमा भेला भैइ स्कुलका बिधार्थिहरु , स्थानिय भद्र भलादमि , विभिन्न राजनैतिक दल , व्यापारी , सरकारि , गैरसरकारि , उपभोक्तावादि , सुरक्षा निकायहरु सहित ठोरि बजार प्रभातफेरि गरि कोण सभामा परिणत भएको थियो । उपभोक्ता सचेतनामुलक प्लेकार्ड सहित पर्चा पम्प्लेट पनि बितरण गरिएको थियो ।

Advertisement

” उपभोक्तालाई अनिवार्य रुपमा बिल दिऔ” , आफुले सामान खरिद गर्दा बिल लिने बानि बसालौ , आफ्नो प्रमाणपत्र अनिवार्य रुपमा नवीकरण गरौं , आफुले खरिद गर्न लागेको वस्तुमा नापतौल उल्लेख छ / छैन र खुल्ला वस्तु नापतौल गरेर मात्र खरिद गरौं , अनुचित नाफा नकमाऔ, ठक , तराजु , लिटर र मिटर ठिक राखौ, मुल्य सुचि वा वस्को लेबलमा अन्कित मुल्य हेरि सामान खरिद गरौ, मुल्य , तौल र गुणस्तरबाट ठगिएमा सम्बन्धित जिल्ला निरीक्षण अधिकृत समक्ष उजुरी गरौ, उपभोक्ताले देख्ने गरि बिक्रि स्थलमा अनिवार्य रुपमा मुल्य सुचि राखौ र आफुले खरिद गर्न लागेको वस्यको गुणस्तरमा ध्यान दिऔ भन्ने जनचेतनामूलक प्लेकार्ड बोकेर विद्यार्थीहरु बजार परिक्रमा गरि चौतारामा पुगि कोणसभामा परिणत भएको थियो ।

Advertisement

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिरगंजका निमित्त कार्यालय प्रमुख दिलिप खङ्ग तत्वको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि ठोरि गाउपालिका अध्यक्ष पदमलाल श्रेष्ठ रहनु भएको थियो ।

बिशिस्ट अतिथि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल , वडा न.२ का वडा अध्यक्ष किशोर तामाङ , श्री सरस्वती माबिका प्रधानाध्यापक केशव प्रसाद रेग्मि , भन्सार अधिकृत धर्मराज सुबेदि , पत्रकार महासघ पर्साका उपाध्यक्ष युवराज खड्का , उपभोक्ता हित संरक्षण मञ्च बिरगंज महानगर अध्यक्ष अजित कुमार भुजेल , बिरगंज उद्योग वाणिज्य संघका मनोज दास , कन्ज्युमर आई नेपालका पर्सा उपाध्यक्ष रन्जु फुयाल , राष्ट्रिय उपभोक्ता मञ्चका ईन्दिरा पोखरेल , रेडक्रस सोसाइटी उपशाखा ठोरिका सभापति प्रकाश खनाल , व्यापारी बिष्णु बिस्ट , ईलाका प्रहरी कार्यालय ठोरिका प्रहरी सहायक निरीक्षक काम बहादर गुरुङ , दिलिप राज कार्कि , डा. महेश सिंह धामी , सन्चारकर्मि जगत राई , राम सरार्फ , निरज पिठाकोटे मगर , धुर्व अधिकारी , बिजय महतो , ओमप्रकाश खनाल , सुरेश बिडारि लगायतकाको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *