Categories समाचार

शाहलाई थप ५ दिन थुनामा अदालतको आदेश

Advertisement

काठमाडौं । किशोरी (गायिका)लाई जबरजस्ती करणी गरेको अभियोगमा थुनामा रहेका अभिनेता पूर्ण विक्रम शाह उर्फ ‘पल शाह’विरुद्ध तनहुँ अदालतबाट तेस्रो पटक म्याद थप भएको छ ।

अभिनेता शाहविरुद्ध शुक्रबार तनहुँ अदालतबाट पाँच दिनको म्याद थप भएको हो । शाहविरुद्ध अनुसन्धान नसकिएकाले म्याद थप गरिएको तनहुँ प्रहरीले जनाएको छ ।

Advertisement

उनीविरुद्ध गत फागुन १५ गते पहिलो पटक सात दिन र २१ गते १२ दिनको म्याद थप भएको थियो । नवलपुरमा पनि उनीविरुद्ध जाहेरी परेपछि उनलाई नवलपुर लगेर अनुसन्धान गरिएको थियो ।

Advertisement

नवलपुर अदालतमा शाहविरुद्ध मुद्धा दर्ता भइसकेको छ । सरकारी वकिलको कार्यालयले उनीविरुद्ध सबै प्रमाण जुटाएर विहीबार (हिजो) अदालतमा मुद्धा दायर गरेको हो ।

यसैगरी अनुसन्धानका लागि पक्राउ परेका शाहका म्यानेजर कृष्ण जोशीविरुद्ध पनि पाँच दिनको म्याद थप गरिएको बताइएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *