Categories समाचार

मुख्यमंत्री राउतको बुवाको नाउमा रहेको खानेपानीको लाईन काटिने

Advertisement

वीरगन्ज । नेपाल खानेपानी संस्थान वीरगन्ज शाखले मधेश प्रदेशका मुख्यमंत्री लालबावु राउतको बुवाको नाउमा वीरगन्ज स्थित तेजारथ टोलमा रहेको उनको निजि निवासको खानेपानी को लाईन काटिने भएको छ।

खाने पानी संस्थान वीरगन्जले एक सुचना मार्फत खानेपानी संस्थानलाई तिर्नुपर्ने बक्यौता रकम नतिरेपछि कालो सुचिमा राखी लाइन काटिएको उक्त सुचनामा उल्लेख गरिएको छ।

Advertisement

मुख्यमंत्रीका बुवा दशरथ राउत गद्दीको नाउँमा रहेको खानेपानीमा, जम्मा एक लाख ६३ हजार २ सय १६ रुपैयाँ बक्यौता भएपछि लाइन काट्न परेको खानेपानी संस्थानले स्पष्ट पारेको छ ।

Advertisement

वीरगन्जमा बस्ने धेरै जस्तो नेताहरुको घरमा जडान भएको खानेपानीको पैसा नतिरी चलाई रहेका हुदा बिस्तारै सुचना प्रकाशन गरि सबैको लाईन काटिने संस्थानका वीरगन्ज शाखाका प्रमुख निरण महर्जनले बताएका छन।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *