Categories राजनीति समाचार

जनता समाजवादी पार्टी नेपालको पोखरियामा बृहत्त पार्टी प्रवेश कार्यक्रम

Advertisement

वीरगन्ज । जनता समाजवादी पार्टी नेपालको बृहत्त पार्टी प्रवेश तथा आमसभा कार्यक्रम पोखरियामा सम्पन्न भएको छ।

पोखरिया नगरपालिका बजारमा क्षेत्रिय कार्य समितीद्वारा आयोजित जनता समाजवादी पार्टी नेपालको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी पूर्व उप प्रधानमंत्री तथा अध्यक्ष उपेन्द्र यादवले बिभिन्न पार्टीले गरेको मधेशी माथी शोषण अत्याचार बिभेद लाई अन्तय गरि मधेशी जनताको हकहित र संरक्षण सुशासन सम्बृद्धि कायम राख्न जनता समाजवादी पार्टीमा अत्यधिक मत हाली बिजयी बनाउन आग्रह गर्नु भयो।

Advertisement

कार्यक्रममा बिभिन्न बक्ताहरुले आ-आफ्नो धारणा राखेका थिए। बिभिन्न पाटी प्रत्याग गरि जनता समाजवादी पार्टीमा प्रबेश गर्नेलाई प्रमुख अतिथी उपेन्द्र यादवले फुलमाला तथा टिका लगाई स्वागत गरेका थिए।

Advertisement

बृहत पार्टी प्रवेश तथा आमसभामा माननिय सासंद प्रदीप यादव, केन्द्रीय सदस्य बिरेन्द्र यादव,करिमा बेगम ,मधेश प्रदेश सदस्य मौजुर अंसारी,जिल्ला अध्यक्ष रामनरेश यादव,तब्रेज अहमद ,दिपक यादव,महाराज यादव,सलाउदीन अंहम्द ,हरिनारायण रौनियार,शिवजी सोनी, पनालाल साह,सिगांसन साह,पोखरिया नगरपालिकाकि उप प्रमुख सलमा खातुन लगायत नेता तथा कार्यकर्ता हरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको सहजिकरण शिवकुमार साहले गर्नु भएको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *