अमित अग्रवाल
वीरगन्ज । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र शाखाा बीरगन्जमा हाकिम भन्दा पियनको हालिमुहाली बढी रहेको देखिएको छ । कोरोना महामारीका कारण बन्द रहेको कार्यालय खुलेको धेरै समय नभएकाले बढी भीड लाग्दो रहेछ। जहाँ पियन र बिचौलियाको यति बिगबिगी रहेछ कि एक सेवाग्राही गाडीबाट झर्नासाथ तानातानमा पर्छन।
एक सेवाग्राहीका अनुसार – ‘यहाँ त बचेर जानै मुस्किल रहेछ। पानी बेच्नेले पनि लाइसेन्स बनाइदिन्छ रे १ फलफूल बेच्नेले पनि भित्र कनेक्सन मिलाइदिन्छ रे चटपटे बेचनेले पनि हाकिम संग राम्रो चिनजान रहेको बताउछन् ।
कसैले ‘नमस्कार’ भने पनि कर्मचारीले बिचौलियाकै कारण हतपत नफर्काउने रहेछन् कारण हो– बिचौलियाले त्यही ‘नमस्कार’लाई सेवाग्राही ‘लुट्ने’ हतियार बनाउँछन्। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सहज रूपमा बनाइदिने भनेर रकम असुली गरेर फरार हुन्छन्।
कार्यालयमा एकजना शम्भु गुरूङ भन्ने कार्यालय सहयाेगी रहेका छन जस्ले बिचौलिया र हाकिम बिच पुलको काम गर्दछन । देख्नेले त हाकिम भन्दा बढी पावर कार्यालय सहयाेगी गुरुङको रहेको बताउछन । कार्यालय प्रमुख जो आएपनी गुरुङकै हालिमोहाली चल्ने र सबै सेटिंग उनले नै मिलाउने समेत एक कर्मचारीले नाम नखुलाउने सर्तमा बताए । बिचाैलिया मार्फत लिखित र ट्रायलमा फेल भएकाहरूलाई पास गराउने कार्य समेत गर्दै आएका छन गुरूङले ।
गुरूङकै ईसारामा खुला काेटा नगरेर कारारमा आफ्ना मान्छे राज कुमारलाई ९ नम्बर फाँटमा नियुक्ति गरेर धाधली सवरूप पैसा असुल गर्ने काम र बिचाैलियाहरू मार्फत पैसा उठाई सम्पुर्ण पैसा आफ्नो खल्तीमा राख्ने काम समेत चल्दै आएकाे छ ।
सवारीसाधन हेरी हेरी पैसा उठाउने कार्य भईरहेको छ । बाहिर सेवाग्राहीसंग बिचौलियाहरुले मोलतोल गरेर बढी रकम उठाउछन र गुरुङ मार्फत कार्यालय प्रमुख लाई थोरै नजराना बुझाई सहजै काम गराउन सफल हुन्छन् ।
कार्यालय वरिपरि सयौंको संख्यामा बिचौलिया हुन सक्ने अनुमान गरिएको छ। दिनहुँ नयाँ–नयाँ बिचौलिया आउँछन्।







