Categories राजनीति समाचार

स्थानीय तह निर्वाचनमा आ आफ्नै दाउमा दलहरू

Advertisement

काठमाडौं । स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा राजनीतिक दल गठनबन्धन निर्माणको आन्तरिक गृहकार्यमा छन् । सत्तारूढ चार दलले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन बनाएर अगाडि बढ्ने आन्तरिक छलफलमा रहेकै बेला सत्ताइत्तरका दलबीच समेत गठबन्धन बनाउने प्रयास भइरहेको छ ।

प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) सत्ताबाहिर रहेको राजनीतिक दलबीचमा गठबन्धन बनाउने गृहकार्यमा जुटेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सत्ताबाहिर रहेका दलहरूबीच गठबन्धन गर्न आन्तरिक छलफलमा रहेका छन् ।

Advertisement

एमाले उपमहासचिव एवं प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन हुन सक्ने बताए । पार्टी पोलिटब्युरो बैठकमा समेत गठबन्धनका लागि सुझाव आएको बताउँदै उनले निर्णय भने अझै नभएको बताए ।

Advertisement

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि एमाले, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), डा. सिके राउत नेतृत्वको जनमत पार्टी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायतका पार्टीसँग गठबन्धन बनाउने’मा अध्यक्ष ओली आन्तरिक छलफलमा रहेको स्रोतले जनाएको छ ।

यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *