Categories समाचार

प्रहरीलाई ट्राफिक व्यवस्थापनका उपकरणहरू हस्तान्तरण

Advertisement

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आज बुधबार आयोजित एक समारोहबीच महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक व्यवस्थापनका उपकरणहरू हस्तान्तरण गर्नुभएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले एक कार्यक्रमको आयोजना गरि माननीय शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीलाई २० वटा ह्‍वील लक तथा ८८ वटा म्याजिक लाईट हस्तान्तरण गर्नु भएको हो ।

उक्त कार्यक्रममा बोल्नुहुदै शहरी विकास मन्त्री झाँक्रीले बढ्दो सवारी साधन संगसंगै भईरहेको सवारी चाप व्यवस्थापन गर्न तथा सडक फुटपाथका अनाधिकृत पार्किङ्गलाई निरूत्साहित एवम् नियन्त्रण गर्नका लागि पहिलो चरणमा ट्राफिक व्यवस्थापनका उपकरणहरू सहयोगस्वरुप उपलब्ध गराइएको बताउनुभयो । उहाँले ट्राफिक प्रहरीलाई प्रविधियुक्त र साधन स्रोत सम्पन्न बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुहुदैँ उक्त उपकरणहरूको समुचित प्रयोग हुने अपेक्षासमेत ब्यक्त गर्नुभयो ।

Advertisement

कार्यक्रममा बोल्दै महाशाखाका प्रमुख एसएसपी उमेश राज जोशीले ट्राफिक प्रहरीलाई आवश्यक पर्ने ट्राफिक फर्निचर एवम् अन्य उपकरणहरु प्राप्तिमा शहरी बिकास मन्त्रालय तथा बिकास प्राधिकरणले गरेको पहल एवम् अग्रसरतालाई हृदयदेखी नै धन्यबाद तथा आभार व्यक्त गर्नुभयो । उहाँले हस्तान्तरण भएका उक्त उपकरणहरुले ट्राफिक व्यवस्थापनमा महत्वपुर्ण भुमिका खेल्नुका साथै अधिकतम उपयोग गरि ट्राफिक व्यवस्थापनलाई थप चुस्त एवम् प्रभावकारी बनाउने विश्वास पनि दिलाउनुभयो ।

Advertisement

काठमाडौं उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा धन्यवाद ज्ञापन गर्नु भएको थियो भने प्राधिकरणका नायव विकास आयुक्त नारायण प्रसाद भण्डारीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *