Categories समाचार

सिकिस्त अवस्थामा रहेको बाछालाई उद्धार गरि उपचार

पर्सा । वीरगन्जको लिकंरोड सडक किनारमा सिकिस्त अवस्थामा भौतारिरहेको बाछालाई युवा समुहले उद्धार गरि उपचार गराएको छ ।

उद्धार गरिएको बाछालाई ५ दिन सम्म एन्टिबायोटिक औषधी चलाउनुपर्ने भएकोले भेटेरिनरी अस्पताल तथा पशु सेवा विग्य केन्द्र वीरगन्जमा संरक्षणका लागि जिम्मा दिइएको छ ।

Advertisement

उपचारको अभावमा कानमा किरा परिसकेको सो बाछा बारे जानकारी पाउनसाथ युवा अभियन्ता किशन सरार्फको समुहले उद्धार गरि पशु अस्पताल पुर्‍याएको हो।

Advertisement

उद्धार गरेका सरार्फले भन्नुभयो, “हिजो देखि हामीले उक्त बाछालाई हेरिरहेका थियौ । उपचारको अभावमा छट्पटाईरहेको बाछालाई कोही हेर्ने सम्म नभएकोले र किरा समेत परिसकेकोले सबले आफ्नो घर, पसल अगाडि बाट भगाईरहेको देखेर उपचारका लागि उद्धार गर्यौ”

युवाहरूको पहल देखेर केन्द्र प्रमुखले उपचार तथा हेरचारको व्यवस्था निशुल्क मिलाएको सरार्फले बताउनु भयो । यस कार्यमा रोहित शर्मा,प्रतिक अग्रवाल, अमन सर्राफ, राज साहले उल्लेखनीय सहयोग गरेको समेत बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *