Categories समाचार

केन्द्रीय घोषणापत्र मस्यौदा गर्न विज्ञसहितको कार्यदल गठन

Advertisement

काठमाडौं । एमालेले स्थानीय तह निर्वाचनका लागि पार्टीको केन्द्रीय घोषणापत्र मस्यौदा गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ। केन्द्रीय बैठकले पार्टीका वरिष्ठ उपाध्यक्ष तथा नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख ईश्वर पोखरेलको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको हो।

कार्यदलमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, नेताहरू देवेन्द्र दाहाल, मनोजजंग थापा, पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, राप्ती नगरपालिकाकी मेयर प्रभा बराल, बुद्धिजीवी परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वकार्यकारी अधिकृत सुशील ज्ञवाली रहेका छन्।

Advertisement

प्रचार विभागका उपप्रमुख विष्णु रिजालले कार्यदललाई चैत मसान्तभित्र घोषणापत्रको मस्यौदा केन्द्रीय सचिवालयसमक्ष बुझाउन समय दिइएको छ। उहाँका अनुसार घोषणापत्र वैशाख १ गते पार्टी स्थापना दिवसको अवसरमा सार्वजनिक गरिने र सोही दिन ७ सय ५३ वटै पालिकामा प्रतिबद्धता पत्र सार्वजनिक गरिनेछ।

Advertisement

आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *