Categories समाचार

बैंकिङ कसूर मुद्दामा फरार प्रतिवादी पक्राउ

Advertisement

काठमाडौं । बैंकिङ कसूर मुद्दामा एकजना फरार प्रतिवादीलाई महानगरीय अपराध महाशाखाको टोली पक्राउ गरेको छ ।

काठमाडौंको बुढानीलकण्ड नगरपालिका-८ घर भई जितपुर सिमरा उपमहानगरपालिका-४ बस्दै आएका ६८ वर्षीय कृष्णबहादुर थापालाई बुधबार अपराध महाखाको टोलीले पक्राउ गरेको हो ।

Advertisement

उनलाई उच्च अदालत पाटनले कसूरमा दोषी ठहर गर्दै १ वर्ष कैद सजाय र १ करोड २५ लाख बिगो बापतको रकम जरिवाना सुनाएको थियो ।

Advertisement

थापाले सो रकम दाखिला नगरी फरार रहेको प्रहरीले जनाएको छ ।पक्राउ परेका थापालाई फैसला कार्यान्वयनाका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको अपराधमहाशाखाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *