Categories विश्व समाचार

पाँच वर्षअघि मृत भेटिएका क्यानडियन अर्बपति जोडीका हत्यारा पत्ता लगाउनेलाई साढे ३ करोड डलर इनाम

नेपालअखबार, एजेन्सि। पाँच वर्षअघि रहस्यमयी तरिकाले मृत्यु भएका क्यानडाका एक अर्बपति जोडीका हत्यारा पत्ता लगाउनेले साढे ३ करोड डलर इनाम घोषणा गरिएको छ।

सन् २०१७ डिसेम्बर १५ मा ब्यारी र हनी सेर्मनको जोडी आफ्नै घरको स्विमिङ पुलमा मृत भेटिएको सिएनएनले जनाएको छ।

Advertisement

सुरूमा उनीहरूले आत्महत्या गरेको अनुमान गरिएको थियो। पछि उनीहरूको हत्या भएको खुल्यो। तर उनको हत्या कसले गरेको भन्ने अहिलेसम्म खुल्न सकेको छैन।

Advertisement

७५ वर्षीय ब्यारीको मृत्यु हुँदा उनीसँग ३ अर्ब डलर सम्पत्ति थियो। सन् १९७४ मा उनले औषधी उत्पादन गर्ने कम्पनी स्थापना गरेका थिए। उनीहरूले करोडौं डलर दान गरेका थिए।

उनीहरूका छोरा जोनाथन सेर्मनले पाँच वर्षदेखि आफ्ना बुवा-आमाको हत्या कसले गरेको भन्ने थाहा नपाउँदा निकै पीडा भएको बताएका छन्।

हत्यारा पत्ता लगाउनलाई यसअघि नै  १ करोड डलर इनाम घोषणा गरिएको थियो। बुवा-आमाको हत्या भएको पाँच वर्ष पुगेको दिन विज्ञप्ति जारी गर्दै उनले थप साढे २ करोड डलर इनाम दिने घोषणा गरेका हुन्।