Categories मनोरञ्जन समाचार

दि भ्वाइस अफ ग्लोबल २०७८ सम्पन्न, बिजेतालाई छात्रवृत्ति प्रदान

रातोपानाकर्मी

वीरगन्ज । दि भ्वाइस अफ ग्लोबल २०७८ को फाइनल सफलतापूर्वक सम्पन्न भएको छ । अन्य विभिन्न राउन्ड पार गरी फाइनलमा पुगेका ७ जना मध्ये उत्कृत ३ जना छानिएका हुन् ।

Advertisement

उत्कृष्ट छानिएका ३ जनालाई छात्रवृत्ति राशि, प्रमाणपत्र,मेडेल र बाकी ४ जनालाई प्रमाणपत्र , मेडेल प्रदान गरिएको हो। पहिलो दोस्रो र तेस्रो हुनेलाई क्रमश ५०००, ३५०० र २००० को छात्रवृत्ति सहित सम्मानित गरिएको हो ।

Advertisement

यस कार्यक्रमको निर्णायक मण्डलमा धुर्व्र सिंह ठकुरी, सोधा यादव, अजमत अली र छोटु राज रहनुभएको थियो । सहभागीहरुले दिएको प्रस्तुतीको आधारमा निर्णायकहरुले निर्णय गरेका थिए।

कलेजको प्राङ्गणमा आयोजना भएको कार्यक्रममा कलेजका निभा दास, श्रीराम दास, ओम श्रेष्ठ, अशोक सरार्फले अतिथिहरुलाई स्वागत गर्नुभएको थियो भने स्वागत मन्तव्य राख्दै श्रीराम दासले सांगीतिक कार्यक्रम रहेको भन्दै गीत गाएर स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा एक पटक एक्लै र अर्को पटक जोडी गरी दुईपटक सहभागीहरुले प्रस्तुति दिएका थिए अन्तमा निर्णायक मण्डलका अजमत अलिले आफूले लेखेको र गाएको साइकल सवारी गीतमा विद्यार्थीहरुलाई झुमाएका थिए ।

फाइनलमा पुगेका सात मध्ये पहिलो बिटु ओझा, दोस्रो समसामद देवान, तेस्रो एलिना राज , भोजपुरी राउण्ड  विजेता दिपक शाह, उर्जावान गायकमा आदित्य तथा बाकी दुई जना  सरफुल्लाह र मनिषा सरार्फ रहनुभएको थियो ।

कलेज अध्यनरत कक्षा १२ का विधार्थीले जादु हेराएर सबैलाई   आकर्षित गरेका थिए भने बिजेताहरुको नाम घोषणा गर्दै एच आर हेड श्रेष्ठले सो कार्यक्रम सफतापुर्वक भव्य तरिकाले सम्पन्न गराउन ठुलो भुमिका खेलेका कलेज अध्यनरत छोटु राजको प्रसंशा गर्दै प्रसंशापत्र प्रदान गरेका थिए।

कार्यक्रममा अतिथिका रुपमा डा. अशोक दास, भोजपुरी प्रतिष्ठानका रितु राज, अनिता शाह, नेपाल भोजपुरी समाजका रंजित कुमार, शिवसन्देश साह, जेंवना भोजपुरीया सनेसाका राकेश मितवा, अरविन्द सिंह, राजन श्रीवास्तव, जय यादव लगायत शिक्षक विद्यार्थीको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रम सञ्चालन कलेजका स्त्यम विपिन मिश्रा र
आयशा सिद्दीकीले गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *