Categories समाचार

नेपाललाई हिन्दु राष्ट्र कायम गर्न हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान घर घरमा

पर्सा । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले वीरगन्जमा ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय’ कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । वीरगन्ज स्थित जैन धर्मशालामा आयोजित गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली चलचित्रका नायक एवं समहुदी फाउन्डेशनका अध्यक्ष निलिख उप्रेतीले ईतिहार, संस्कृति, परम्परा र जनसंख्याको आधारमा नेपाल स्वयंसिद्ध हिन्दु राष्ट्र नै रहेको बताए ।

उनले हिन्दु धर्म संस्कृति बैज्ञानिक संम्वत् छ, विज्ञानले पनि हिन्दु धर्म संस्कृति अनुसार नै चल्दै आएको छ यसलाई जर्गेना गर्न सकिएन भने, आउँने दिनमा नेपालबाट पनि विस्तारै लोप हुने उनले चिन्ता व्यक्त गरे । नेपालमा हिन्दु धर्म गौण हुदै गईरहेको छ, र बनावटी सिकिमको धर्मले छ्यापछ्याप्पै भईरहेको छ, उनले भने, ‘यसलाई समयमै नियन्त्रण गर्न सकिएन भने हाम्रो अस्तित्व नै समाप्त हुन्छ ।’ नेपाललाई नेपाली जनताकै कारण हिन्दु राष्ट्र गुमाउँनु परेका छौ । उनले भने, ‘हाम्रै देश, गाउँ, परम्परा, भाषा र रहन सहन थियो, हामी कहिना कहि चुतेर विदेशीहरुको प्रभावमा परी ठूलो गल्ती गरेका छौ जसको कारणले गर्दा हाम्रो परम्परा, मुल्य मान्यता दबिएको छ ।’

Advertisement

धर्मनिरपेक्षता संगै देशका नयाँ पिडिमा नयाँ छाप छोडिएको छ धर्म, संस्कृतिको ज्ञान अभावका कारण हिन्दुधर्मलाई रुढीवादी सोच तर्फ धकेल्न पुगिएको छ । प्रायोजित एजेण्डा अनुसार देशमा हिन्दु धर्मको सूत्रलाई समाप्त पर्ने युवापिडीलाई प्रयोग गर्ने काम भईरहेकोले समयमै आफनो धर्म संस्कृतिको जर्गेनामा ध्यान पुर्याउँन आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा राजनितिक विश्लेषक डा. देवेश झाले धर्मनिरपेक्षताको नाममा समाजमा हिन्दु धर्म विरुद्ध भ्रम छर्ने काम भईरहेकोले यसलाई आफनो मूल चिन्नै पर्ने बताए । उनले भने, हामीले आफूलाई चिनेका छौनौ, न आफनो बारेमा बुझेका छौ, नत आफनो गौरव गर्नलायक चिजहरु चिनेका छौनौ ।

Advertisement

हाम्रो राष्ट्रको हजारौं बर्ष पुरानो विशिष्ट पहिचान हिन्दुत्व नै रहेकोले यसको संरक्षण गर्न आवश्यक रहेको उनले बताए । हिन्दुत्व अर्थात हिन्दू हुनुको भाव, यसलाई हिन्दुत्व रुपी पहिचानलाई राष्ट्रबाट त्यागिदिने हो भने देश केवल एउटा भूखण्ड मात्र रहने छ त्यसैले हिन्दुत्व हाम्रो राष्ट्रको र यहाँको समाजहरुको तथा हजारौं बर्षदेखि चलिआएको हाम्रो महान् परम्पराको प्रतीक रुप भएकोले यसको समक्षण गर्न घर घरमा पुगेर हिन्दुलाई लगाउँन आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा बरिष्ठ समाजसेवी अशोक बैद्यले विश्वको एक मात्र नेपाल हिन्दु राष्ट्र भएकोमा यसको पहिचान समेत देशका नेताहरुले मास्ने काम गरेको आरोप लगाए । जनताको जनमत नै लिई देशलाई धर्म निरपेक्ष घोषणा गरेका कारण विश्वकै एक मात्र पहिचान हिन्दु राष्ट्र गुमिएको छ । उनले भने, ‘विदेशीको ईसारमा आर्थिक प्रलोभनमा नेपाललाई धर्मनिरपेक्ष घोषणा गरेको आरोप लगाए ।’

सविधान निर्माणको क्रममा समेत नेपाली जनताले नेपाललाई पुन हिन्दु राष्ट्र घोषणा गर्नेपर्ने आवाज उठेपनि यी नेताहरुले विदेशी दलालको प्रभावमा परेको जनताको मतलाई कदर गरेन । समय आईसकेको छ, हामीले घर घरमा हिन्दु धर्मप्रति जागरुक बनाएर देशलाई पुन हिन्दु राष्ट्र कायम गराउँनु पर्न उनले भने ।

कार्यक्रमका संयोजक माधव राजपालले नेपाललाई एक विशेष धर्मले हिन्दु विरोधी गतिविधि गर्दै आएको आरोप लगाए । उनले भने, लव जिहादको माध्यमले हिन्दु चेलीबेटीलाई प्रभावमा पारी विवाह गर्ने र जनसंख्या बृद्धि गरी आफनो संख्यामा बृद्धि गरी समाजमा समाजिक गतिविधि गर्न खोजेको आरोप समेत लगाए ।
कार्यक्रममा नायक निखिल उप्रेती, राजनितिक विश्लेषक देवेश झा, बरिष्ठ समाजसेवी अशोक बैद्य, कार्यक्रम संयोजक माधव राजपाल, बाबा बजरंगी दास र अभियानका जिल्ला संयोजक सत्रुधन गिरीले ‘हिन्दुराष्ट्र नेपाल’ नामक तयार पारिएको पुस्तकको संयुक्त रुपमा विमोचन समेत गरेका थिए ।

एन प्याप्सन पर्साका अध्यक्ष राम श्रेष्ठ, प्याप्सन नगर अध्यक्ष आलोक चौरसिया, संघका जिल्ला संघचालक ललन द्धिवेदी, हिन्दु स्वयंसेवक संघका विभाग सेवा प्रमुख रामेश्वर गुप्ता, काँग्रेस युवा नेता राकेश यादव लगायतले कार्यक्रमका अतिथिहरुलाई मायाको चिन्हो, तथा गम्छा ओढाई भव्य रुपमा सम्मान गरेका थिए ।
ह्जारौंको सहभागितामा सम्पन्न कार्यक्रममा हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले तयार पारेको ‘हिन्दुराष्ट्र नेपाल’ नामक पुस्तक, जनचेतना मुलक फोल्डर र घर—घर हामी जाऔं आफनो धर्म आफै बचाऔं, धर्म निरपेक्षतालाई डाँडो कटाऔं हिन्दु राष्ट्र पुनः लेखाऔं नाला अंकित स्टीकर समेत वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *